शुक्रबारदेखि टेलिकमको आइपी टीभी सञ्चालनमा, उपत्यकाका यी स्थानमा सेवा उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ ।

 

२ वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टीभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टीभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

 

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

 

तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ ।

 

यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

 

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटीटीएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टीभी सेवा प्राप्त गर्न नजीकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउँछन् ।

 

उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टीभी सेटमा एनटी टीभी हेर्न सकिनेछ ।

 

विभिन्न राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टीभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

सेयर बजारमा उछाल, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता Read Previous

सेयर बजारमा उछाल, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

नेपालगञ्ज विमानस्थलको मुहार फेरिँदै, १२ अर्बमा धमाधम स्तरोन्नतिको काम हुँदै Read Next

नेपालगञ्ज विमानस्थलको मुहार फेरिँदै, १२ अर्बमा धमाधम स्तरोन्नतिको काम हुँदै