सेयर बजारमा उछाल, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्ला दुई दिन सामान्य अंकले बढेको बजार आज उच्च अंकले बढेको हो । यस साताको पहिलो दिन करिब ४० अंकले घटेको बजार पछिल्ला तीन दिनमा करिब ६३ अंकले बढेको छ ।

 

सूचकमा उछाल आएसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम करिब करिब ३५ करोडले बढेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ४९.१७ अंकले बढेर २०६२.०६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको ९९ लाख १० हजार ३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये होटल र विकास बैंक बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३४८.२१ अंकले बढेको छ भने होटल समूह १९.२४ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०८ कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता शिवम् सिमेन्टको सेयरमा झुम्मिएका छन् । यसको आज सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक ३२ करोड र हिमालयन डिस्ट्रीलरी २८ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

बढ्दो बजारमा आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ, हिमालयन डिस्ट्रीलरी, नागरिक लगानी कोष र एभरेष्ट बैंकको प्रमोटर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यस साता लगातार पोजेटिभ सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतले गुमाएका छन् ।

सामसुङको मोबाइल विक्री ९ वर्ष यताकै कम Read Previous

सामसुङको मोबाइल विक्री ९ वर्ष यताकै कम

शुक्रबारदेखि टेलिकमको आइपी टीभी सञ्चालनमा, उपत्यकाका यी स्थानमा सेवा उपलब्ध हुने Read Next

शुक्रबारदेखि टेलिकमको आइपी टीभी सञ्चालनमा, उपत्यकाका यी स्थानमा सेवा उपलब्ध हुने