सामसुङको मोबाइल विक्री ९ वर्ष यताकै कम

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङको स्मार्टफोन विक्रीमा गिरावट आएको छ ।

 

सामसुङ सन् २०२० मा ३० करोडभन्दा मोबाइल फोन विक्री गरेको छ । सामसुङले यो वर्ष गरेको स्मार्टफोन विक्री संख्या पछिल्लो ९ वर्ष यताकै सबैभन्दा कम रहेको एक तथ्यांकले देखाएको छ ।

 

सामसुङको वार्षिक मोबाइल विक्री संख्या २०११ यताकै सबैभन्दा कम हो । सन् २०११ पछि सामसुङको ३० करोडभन्दा कम स्मार्टफोन विक्री भएको पहिलो पटक हो ।

 

कोरोनाको कारण लक्ष्य अनुसार स्मार्टफोन विक्री हुन नसकेको कारण देखाउँदै कम्पनीले २०२१ मा भने ३० करोड ७० लाख स्मार्टफोन विक्री गर्ने लक्ष्य राखेको छ ।

यात्रुको चाप बढेपछि माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सले कति पुर्‍याए Read Previous

यात्रुको चाप बढेपछि माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सले कति पुर्‍याए

सेयर बजारमा उछाल, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजारमा उछाल, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता