यात्रुको चाप बढेपछि माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सले कति पुर्‍याए

काठमाडौं। यात्रुको चाप बढेपछि एयरलाइन्स कम्पनीहरुले माउन्टेन फ्लाइटको भाडा बढाएका छन् । करिब ८ महिनापछि मंसिर २० गतेदेखि माउन्टेन फ्लाइट सुचारु गरेका बुद्ध एयर र यती एयरलाइन्सले भाडा बढाएका हुन् ।

 

अपेक्षाभन्दा बढी यात्रु आउन थाले पछि दुवै कम्पनीले माउन्टेन फ्लाइटको भाडादर ११०० रुपैयाँले बढाएक छन् ।

 

बुद्धले यसअघि माउन्टेन फ्लाइटको भाडा ८ हजार ८९९ रुपैयाँ लिँदै आएको यसलाई  बढाएर ९ हजार ९९९ रुपैयाँ पुर्याएको छ ।

 

यस्तै, यतीले पनि यसअघि ८ हजार ८४८ रुपैयाँमा माउन्टेन फ्लाइट गराउँदै आएको त्यसलाई बढाएर ९ हजार ९४८ रुपैयाँ पुर्‍याएको छ।

 

यसअघि यात्रुलाई आकर्षित गर्न दुवै एयरलाइन्सले एउटा टिकट किन्दा अर्को टिक सित्तैमा दिने अफर ल्याएका थिए ।

 

यात्रु चाप बढेसँगै वायुसेवा कम्पनीहरुले माउन्टेन फ्लाइटको संख्या पनि बढाउने तयारी गरेका छन् ।

चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै Read Previous

चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै

सामसुङको मोबाइल विक्री ९ वर्ष यताकै कम Read Next

सामसुङको मोबाइल विक्री ९ वर्ष यताकै कम