चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । चन्द्रागिरी हिल्सले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) आज दिउँसो बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दिउँसो ३ बजे आइपीओ बाँडफाँट गरिनेछ ।

 

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्म आयोजना प्रभावित स्थानियहरूका लागि आइपीओ विक्री गरेको थियो ।

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको थियो भने १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

 

क्यापिटलका अनुसार ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी हो ।

 

कम्पनीले स्थानीयलाई आइपीओ बाँडफँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गर्नेछ ।

सरकारी जग्गा धितोमा ऋण दिने वाणिज्य बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर Read Previous

सरकारी जग्गा धितोमा ऋण दिने वाणिज्य बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर

यात्रुको चाप बढेपछि माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सले कति पुर्‍याए Read Next

यात्रुको चाप बढेपछि माउन्टेन फ्लाइटको भाडा बढ्यो, कुन एयरलाइन्सले कति पुर्‍याए