कुमारी बैंकको नाफा २८% ले बढ्दा लाभांश क्षमता कति ?

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले सोमबार सार्वजनिक विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा २८.०४% ले बढाउन सफल भएको छ ।

 

बैंकले आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिललो वर्षको तुलनामा २९ करोड रुपैयाँले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य रकम ९६ करोड ७० लाख रुपैयाँ रहेको छ । जसबाट ११ प्रतिशत लाभांश वितरण गर्न सक्दछ ।

 

बैंकले खुद ब्याज आम्दानी, सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा प्रवाह जस्ता महत्वपूर्ण सूचकहरु बढाउन सफल भएको छ ।

 

बैंकले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४८.५५% ले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ । यस्तै सञ्चालन नाफा ४२.६५% ले बढाएर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । गत आवमा ७३ अर्ब २० करोड निक्षेप संकलन गरि ७३ अर्ब १२ करोड बराबरको कर्जा लगानी गरेको छ ।

 

बैंकले रिजर्भ कोष पनि १९.७७% ले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ । बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँले बढेर १५.३६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६.६४ रुपैयाँ रहेको छ ।

 

खर्चै गर्नै सकेन महानगरले, केही  शीर्षकमा खर्च शून्य Read Previous

खर्चै गर्नै सकेन महानगरले, केही शीर्षकमा खर्च शून्य

लगानी नै नगरी इन्फ्रास्ट्रक्चर बैंकले कसरी कमायो ६७ करोड नाफा Read Next

लगानी नै नगरी इन्फ्रास्ट्रक्चर बैंकले कसरी कमायो ६७ करोड नाफा