६४ करोड लागतमा नेपालमा दोस्रो सेनेटरी प्याड उद्योग खुल्दै, अर्बौं विदेशिन रोकिने

काठमाडौं । नवलपरासीमा नेपालकै दोस्रो सेनिटरी प्याड उद्योग सञ्चालनमा आउने भएको छ । ब्रजेश्वरी इण्डष्ट्रिजले नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १५ मा सेनेटरी प्याड उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।

 

सो उद्योग ६४ करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालन गर्न लागिएको छ । उद्योगले वर्षेनी ३ करोड पिस सेनेटरी प्याड उत्पादन गर्ने छ । साथै ३ करोड पिस डाइपर, ५ लाख पिस न्याक्पिन, ५ लाख रोल ट्वाइलेट पेपर लगायतका सामग्री उत्पादन गर्ने छ ।

 

आन्तरिक लगानीमै बन्न लागेको यो उद्योग सेनिटरी प्याड उत्पादन गर्ने दोस्रो उद्योग हो । यसअघि नेपालमा पहिलो पटक चितवनमा मितेरी जैविक सेनिटरीप्याड उद्योग स्थापना भएको थियो ।

 

सो उद्योग ६४ करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालन गर्न लागिएको छ । उद्योगले वर्षेनी ३ करोड पिस सेनेटरी प्याड उत्पादन गर्ने छ । साथै ३ करोड पिस डाइपर, ५ लाख पिस न्याक्पिन, ५ लाख रोल ट्वाइलेट पेपर लगायतका सामग्री उत्पादन गर्ने छ ।

 

नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ सेनिटरीप्याड, डाइपर तथा टिस्यू लगायतका सामाग्री आयात गर्ने क्रममा बाहिरिने गरेको छ । चालू आर्थिक वर्षको ५ महिना (साउन–मंसिर) मा १ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ सेनिटरी प्याड लगायतका सामग्री आयातका क्रममा बाहिरिएको छ । ८ करोड ५० लाख पिस सेनिटरी प्याड आयातका क्रममा सरकारले ३९ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ बराबरको सेनिटरी प्याड लगायतका सामग्री आयात भएको भनसार विभागको तथ्यांकले देखाएको छ । गत आवमा ११ करोड ८ लाख पिस सेनिटरी प्याड लगायतका सामग्री आयातका क्रममा ३२ करोड १३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

गत आर्थिक वर्षमा कुल २ अर्ब ३० करोड रुपैयाँ बराबरको सेनिटरी प्याड आयात भएको थियो । २३ करोड ९१ लाख पिस सेनिटरी प्याड आयातका क्रममा ६८ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल २ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबरको सेनिटरीप्याड, डाइपर तथा टिस्यू लगायतका सामाग्री आयात भएको थिए । सेनिटरी प्याड आयात मार्फत सरकारले सो वर्ष ६७ करोड ९५ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्ष २६ करोड १९ लाख ३५ हजार २८९ सेनिटरी प्याड आयात भएको थियो ।

 

आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको सेनिटरी प्याड आयात भएको थियो । १८ करोड ३० लाख ६१ हजार ७७४ सेनिटरीप्याड आयातका क्रममा सरकारले ५० करोड ७५ लाख ४६ हजार रुपैयाँ राजश्व भित्रिएको थियो ।

 

यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५६ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको सेनिटरीप्याड आयात भएको छ । सो अवधिमा ४५ करोड ४४ लाख ३ हजार रुपैयाँ राजश्व संकलन भएकोकम थियो । उक्त समयमा १६ करोड ९२ लाख ५९ हजार ८५० सेनिटरीप्याड आयात भएका थिए ।

 

नेपालमा पहिलो पटक सन् २०१४ मा चितवनमा सेनिटरीप्याड उद्योग कम्पनी खुलेको छ । मितेरी जैविक सेनिटरीप्याड नामक उक्त कम्पनीले १८० दिनमा डिस्पोज हुने सेनिटरीप्याड निर्माण गरेको हो । सो प्याड नीर्माणका लागि कच्चा पदार्थ भने भारतबाट नै आयात हुने गरेको पाइएको छ ।

 

कति हुन्छ सेनिटरी प्याड खपत ?

 

एउटा महिलाले जीवनकालमा १५ हजार सेनिटरी प्याड प्रायोग गर्छन् । एक अध्ययनका अनुसार एउटा महिलाले आफ्नो जीवनको ३ हजार ५०० दिनसम्म महिनावारीको अवस्था भोग्नु पर्ने हुन्छ । यस अनुसार एउटा महिलाले ११ हजार देखि १५ हजार वटा सेनिटरी प्याड आफ्नो जीवनकालमा प्रयोग गर्ने गर्छन् । एक महिलाले आफ्नो जीवनकालमा ५० केजीको हारहारीमा प्याड प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।

 

विश्वमा २७ वटा भन्दा बढी सेनिटरीप्याडका ब्राण्डहरु रहेका छन् । नष्ट गर्न सकिने र नष्ट गर्न नसकिने दुई प्रकारका सेनिटरी प्याड हुन्छन् । नष्ट हुन नसक्ने प्याड २०० देखि १ हजार वर्षसम्म रहने गर्छ भने नष्ट हुन सक्ने प्याड १८० दिनमा नष्ट हुने गर्छ ।

 

२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ पुगेको थियो । त्यस अनुसार महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४६३ रहेको छ । यसरी महिलाको बढ्दो जनसंख्यासँगै नेपालमा सेनीटेरी प्याडको प्रयोग समेत बढ्दो देखिन्छ । हाल नेपालको जनसंख्या ३ करोडका हाराहारीमा रहेको छ ।

लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बन्यो पाँचौं ठूलो कम्पनी, यी हुन्  सेयर बजारका १० ठूला कम्पनी Read Previous

लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बन्यो पाँचौं ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

मुक्तिनाथ विकास बैंक र सानिमामाइको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

मुक्तिनाथ विकास बैंक र सानिमामाइको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन