मुक्तिनाथ विकास बैंक र सानिमामाइको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ । मुक्तिनाथ विकास बैंक र सानिमा माइ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

 

यी दुवै कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा प्रयोजनका लागि भोलि (पुस १३ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले मात्र लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।

 

मुक्तिनाथले गत आवको मुनाफाबाट ११.२५ प्रतिशत बोनस सेयर र ४.२५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सो सभा होटल पोखरा ग्राण्डमा हुनेछ ।

 

त्यसैगरी, सानिमा माइले गत आवको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्ताव पारित गर्न पुस २३ गते साधारण सभा डाकेको छ।

६४ करोड लागतमा नेपालमा दोस्रो सेनेटरी प्याड उद्योग खुल्दै, अर्बौं विदेशिन रोकिने Read Previous

६४ करोड लागतमा नेपालमा दोस्रो सेनेटरी प्याड उद्योग खुल्दै, अर्बौं विदेशिन रोकिने

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी Read Next

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी