लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बन्यो पाँचौं ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

काठमाडौं । नागरिक लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बैंक बजार पूँजीकरणका आधारमा पाँचौं ठूलो कम्पनी बनेको छ ।

 

पछिल्लो एक सातामै सेयर मूल्य प्रतिकित्ता करिब १२५ रुपैयाँभन्दा धेरैले बढेपछि कोषलाई पछि पार्दै एनआइसी एशिया पाँचौं ठूलो कम्पनी बनेको हो । पछिल्लो सातामै बजार पूँजीकरण १६ अर्ब रुपैयाँले बढेर ९५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब ६६अर्ब ६५ करोड रुपैयाँ छ ।

 

यस्तै दोस्रो स्थानमा १ खर्ब ४३ अर्ब बजार पूँजीकरण सहित नबिल बैंक रहेको छ भने १ खर्ब ३७ अर्ब रुपैयाँ पूँजीकरण रहेको नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानम रहेको छ ।

यस्तै, बजार पूँजीकरणका आधारमा नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब २८ अर्ब चौथो , नागरिक लगानी कोष ८३अअर्ब ६७ करोड छैटौं, नेपाल इन्भेष्टमेन्ट बैंक ७१ अर्ब ६७ करोड रुपैयाँ सहित सातौं स्थानमा रहेका छन् ।

 

त्यसैगरी, ६८ अर्ब १२ करोड बजार पूँजीकरण रहेको ग्लोबल आइएमई बैंक आठौं, ६१ अर्ब ८३ करोड रुपैयाँ सहित एनएमबी बैंक नवौं र ६० अर्ब ५६ करोड रुपैयाँसहित एभरेष्ट बैंक दशौं स्थानमा रहेको छ ।

 

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २७ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीलाई साधरण सभाको चटारो, यी ३६ कम्पनीले तोके बुकक्लोज (सूचीसहित) Read Previous

नेप्सेमा सूचीकृत कम्पनीलाई साधरण सभाको चटारो, यी ३६ कम्पनीले तोके बुकक्लोज (सूचीसहित)

६४ करोड लागतमा नेपालमा दोस्रो सेनेटरी प्याड उद्योग खुल्दै, अर्बौं विदेशिन रोकिने Read Next

६४ करोड लागतमा नेपालमा दोस्रो सेनेटरी प्याड उद्योग खुल्दै, अर्बौं विदेशिन रोकिने