नेप्सेमा सूचीकृत कम्पनीलाई साधरण सभाको चटारो, यी ३६ कम्पनीले तोके बुकक्लोज (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

 

केही कम्पनीले आफूले घोषणा गरेको लाभांश साधरण सभाबाट पारित गरिसकेका छन् । कतिपय कम्पनीले लाभांश सुरक्षित गर्नका लागि बुक क्लोज मिति घोषणा गरिसकेका छन् । कतिपय कम्पनीहरुले भने लाभांश मात्र घोषणा गरेका छन्, बुक क्लोज मिति घोषणा गरेका छैनन् । केही कम्पनीहरुले भने लाभांश नै घोषणा गरेका छैनन् ।

 

सेयर बजारबाट लगानीकर्ताले कमाउने भनेको दुई ढंगले हो । पहिलो, लगानी गरेको कम्पनीको सेयर मूल्य बढेर । दोस्रो लाभांश बाट ।

 

अहिले नेपाली सेयर बजार बुल रनमा देखिएको छ । यस्तो समयमा लगानीकर्ताहरुले सेयर मूल्यमा भएको वृद्धि र लाभांश दुवैबाट उल्लेख्य कमाउने संभावना रहन्छ । अर्थात, आफ्नो लगानीमा गुणात्मक ढंगले कमाउन सक्छन् ।

 

त्यसैले आफूले चाहेको कम्पनीको सेयर किनेर लाभांश सुरक्षित गर्न लगानीकर्ताहरु नछुटुन भनेर यहाँ लाभांश र बुक क्लोज मिति दुवै घोषणा गरेका कम्पनीहरुको सूची प्रस्तुत गरिएको छ ।

 

कम्पनीहरुले घोषणा गरेको लाभांश पाउन लगानीकर्ताले बुकक्लोज मितिभन्दा अघिल्लो दिन सम्म सेयरधनी कायम हुनु पर्ने हुन्छ ।

 

अहिलेसम्म गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गरेको कम्पनी हिमालयन डिस्टीलरीको बुल क्लोज मिति आगामी जनवरी १ तारिख रहेको छ । कम्पनीले घोषणा गरेको १०० प्रतिशत लाभांश सुरक्षित गर्नका लागि डिसेम्बर ३१ सम्म सेयरधनी कायम भइसक्नुपर्ने हुन्छ ।

 

यसैगरी अन्य कम्पनीहरुको लाभांश र बुक क्लोज मिति तल प्रस्तुत गरिएको छ ।

 

 

पुस १४ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने Read Previous

पुस १४ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने

लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बन्यो पाँचौं ठूलो कम्पनी, यी हुन्  सेयर बजारका १० ठूला कम्पनी Read Next

लगानी कोषलाई उछिन्दै एनआइसी एशिया बन्यो पाँचौं ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी