पुस १४ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने

काठमाडौं । १० महिनादेखि बन्द रहेको सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन पुस १४ गतेदेखि खुल्ने भएको छ ।

 

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पुस १४ गते (मंगलबार) देखि लाइसेन्सको अनलाइन आवेदन खुला हुने जानकारी गराएको हो ।

 

कोरोना भाइरसको कारण विगत १० महिनादेखि सवारी चालक अनुमतिपत्रको आवेदन रोकिएको थियो ।मंगलबारदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ।

 

विभागले कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको जानकारी दिएको छ।

 

प्रदेश यातायात कार्यालयबाटै अब नयाँ लाइसेन्स वितरण हुने विभागले जनाएको छ।

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने Read Previous

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

नेप्सेमा सूचीकृत कम्पनीलाई साधरण सभाको चटारो, यी ३६ कम्पनीले तोके बुकक्लोज (सूचीसहित) Read Next

नेप्सेमा सूचीकृत कम्पनीलाई साधरण सभाको चटारो, यी ३६ कम्पनीले तोके बुकक्लोज (सूचीसहित)