कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

काठमाडौं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ ।

 

यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।

 

कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

 

सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ ।

 

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।

३३ प्रतिशतले घट्यो ब्रोकर कमिशन,अब कतिको कारोबार गर्दा कति लाग्छ ? Read Previous

३३ प्रतिशतले घट्यो ब्रोकर कमिशन,अब कतिको कारोबार गर्दा कति लाग्छ ?

पुस १४ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने Read Next

पुस १४ देखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुल्ने