३३ प्रतिशतले घट्यो ब्रोकर कमिशन,अब कतिको कारोबार गर्दा कति लाग्छ ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन ३३ प्रतिशतले घटाएको छ । आइतबारदेखि कार्यान्वयन हुने गरी ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको हो ।

 

एक करोड रुपैयाँभन्दा माथिको कारोबारमा हाल लगानीकर्ताले ०.४० प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.२६८ प्रतिशत मात्र तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

 

यसैगरी हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्दै आएकोमा अबदेखि क्रमश ०.३३५ र ०.३०१५ प्रतिशत ब्रोकर कमिशन लाग्ने भएको छ ।

यसअघि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्दै आएकोमा अबदेखि ०.४०४ प्रतिशत मात्र ब्रोकर कमिशन तिर्नुपर्ने भएको छ ।

 

त्यस्तै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.३६८५ प्रतिशत तिर्नुपर्ने भएको छ । यसरी ब्रोकर कमिशन समग्रमै ३३ प्रतिशतले घटाइएको छ ।

किन ह्वात्तै घट्यो औषधीको उत्पादन र खपत ? Read Previous

किन ह्वात्तै घट्यो औषधीको उत्पादन र खपत ?

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने Read Next

कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने