डिश मिडिया बन्यो पल्सर स्पोर्टस अवाडको मुख्य सह प्रायोजक

काठमाडौं । पल्सर स्पोर्टस अवार्डमा डिश मिडिया नेटवर्क लिमिटेड मुख्य सह प्रायोजकका रूपमा निरन्तर रहेको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिश मिडियाबीच बुधबार सम्झौता भएको थियो ।

 

डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत पत्रमा हस्ताक्षर गरेका थिए । नगद ७ लाख र डिशको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको बताइएको छ । अवार्डमा डिशहोम केही वर्षयता निरन्तर रूपमा साथ रहँदै आएको छ ।

 

डिशहोमले अवार्डका १३ थान कनेक्सन दुईवर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २०थान डिशहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक वर्षको रहने कार्यक्रममा जानकारी गराइयो ।

 

पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

 

पिपल्स च्वाई अवार्डको विजेताको चयन ई-सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई-सेवाबाट भोटिङ प्रक्रिया गत साता नै शुरू भइसकेको छ ।

 

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिन सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफदीइयर अवार्डसहित अन्य अवार्डको को घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जानाएको छ ।

 

विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजपल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले जनाएको छ ।

 

अवार्डलाई सह–प्रायोजनको रूपमा सूर्य नेपालप्रालि,रुस्लान, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक विक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले निर्यात व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने Read Previous

ग्लोबल आइएमई बैंकले निर्यात व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

किन ह्वात्तै घट्यो औषधीको उत्पादन र खपत ? Read Next

किन ह्वात्तै घट्यो औषधीको उत्पादन र खपत ?