चिनी मिलले तिरे उखु किसानको ३१ करोड, अझै ३२ करोड भुक्तानी हुन बाँकी

काठमाडौं । आफ्नो बक्यौता उठाउन भन्दै विगत दुई सातादेखि संघीय राजधानी काठमाडौंमा उखु किसानहरु आन्दोलनरत छन् । उनीहरुले अहिलेसम्म ५ वर्ष अघिदेखिको उखु बेचेको पैसा पाउन सकेका छैनन् ।

 

यसैबीच, विभिन्न उद्योगहरुले करिब ३५ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी उर्मीला केसीका अनुसार हालसम्म ३ उद्योगहरुले सो रकम भुक्तानी गरेका हुन् ।

 

श्रीराम चिनी मिलले हालसम्म २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । अन्नपूर्ण र इन्दिरा चिनी मिलले हालसम्म ५ करोड रुपैयाँ बढी रकम भुक्तानी गरिसकेको उनले बताइन् ।यी दुवै दुवै मिलको उद्योगीको एउटै हुन् ।

 

‘३ वटा चिनी मिलले भुक्तानी गरिरहेका छन्, लुम्बिनी मिलले भुक्तानी गर्न शुरू गरेको छैन, उसलाई भुक्तानी शुरू गर्न गृह प्रसासन मार्फत प्रस्ताव गरिएको छ,’ केसीले चाणक्य पोष्टसँग भनिन् ।

 

अझै ३२ करोड बढी भुक्तानी हुन बाँकी

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बीनी चिनी मिलले गरी कुल ६३ करोड रुपैयाँ बढी रकम भुक्तानी गर्नु पर्नेछ । सोमध्ये हालसम्म करिब ३५ करोड भुक्तानी भए पनि अझै २८ करोड भन्दा बढी किसानले पाउन सकेका छैनन् ।

 

उन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । इन्दिरा चिनी मिले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेका थिएनन् । यी दुबै एकै उद्योगीको भएकाले कुल २१ करोड ७० लाख मध्ये हालसम्म ५ करोड बढी रकम भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।

 

सूचना अधिकारी केसीका अनुसार हाल अन्नपूर्ण चिनी मिलका व्यवसायीले दैनिक १ करोडको हाराहारीमा भुक्तानी गरिरहेको छ । श्रीराम चिनी मिलले ३३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । हालसम्म श्रीराम मिलले २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । लुम्बिनी चिनी मिलले ८ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छैन । सो मिललाई उखु किसानको रकम भुक्तानी गर्न बारम्बार निर्देशन दिइरहेको उनले बताइन ।

 

‘हामीले लुम्बिनी चिनी मिललाई किसानको रकम भुक्तानी गर्न भनेर गृह प्रसासन मार्फत निर्देशन दिइरहेका छौँ, उसले केही दिनमा भुक्तानी शुरू गर्ने भनेको छ,’ केसीले भनिन् । उखु किसानहरुले काठमाडौं माइतिघर मण्डलामा आन्दोलन गर्न थालेको आज १२ दिन भइसकेको छ ।

 

मंसिर २८ गते उखु किसानहरुले माइतिघर मण्डलाबाट आन्दोलन शुरू गरेका हुन । सरकारले यही पुस १२ गतेभित्र सबै रकम भुक्तानी गर्न उद्योगीहरुलाई निर्देशन दिएको छ । ५ वर्ष यता उखु किसानहरुले उखुको मूल्य पाउन प्रत्येक वर्ष काठमाडौँं धाउनु परेको छ ।

 

यो वर्ष उद्योगीहरुकै मिलेमतोमा किसानले बेच्ने उखुको मूल्य प्रतिक्वीन्टल ५४४ रुपैयाँ मूल्य निर्धारण गरियो । तर, आजसम्म पनि निर्धारण गरिएको मूल्य किसानले समयमा भने जति पाउन सकेका छैनन् ।

 

किसानको भुक्तानीका लागि सीधै बैंकमा भुक्तानीको व्यवस्था मिलाए पनि रकम भुक्तानी नगर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।उखुमा मात्र नभई मल, बीउ, हरेक क्षेत्रमा सधै किसान पीडित हुनु परेको र ठगिने गरेका छन् ।

टोलै थर्काउने गरी बाइक चलाउने विरुद्ध कडा एक्शन, बाटोमा देखे १०३ मा खबर गर्न आग्रह Read Previous

टोलै थर्काउने गरी बाइक चलाउने विरुद्ध कडा एक्शन, बाटोमा देखे १०३ मा खबर गर्न आग्रह

प्रभु लाइफको आइपीओ आज बाँडफाँट हुँदै, ५० प्रतिशत आवेदकले सेयर नपाउने Read Next

प्रभु लाइफको आइपीओ आज बाँडफाँट हुँदै, ५० प्रतिशत आवेदकले सेयर नपाउने