प्रभु लाइफको आइपीओ आज बाँडफाँट हुँदै, ५० प्रतिशत आवेदकले सेयर नपाउने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज (शुक्रबार) ११ बजे आइपीओ बाँडफाँट हुने भएको हो ।

 

कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको छ ।

 

कम्पनीको आइपीओमा १० लाख ८२ हजार १४१ आवेदकले २ करोड ९२ लाख ८७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको साढे ५ गुणा बढी हो।

 

मागभन्दा साढे ५ गुण बढी आवेदन परेपछि ५ लाख ४० हजार व्यक्तिले १०/१० कित्ता सेयर पाउनेछन् भने करिब ५० प्रतिशत आवेदकको हात खाली हुने भएको छ ।

 

हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।

चिनी मिलले तिरे उखु किसानको ३१ करोड, अझै ३२ करोड भुक्तानी हुन बाँकी Read Previous

चिनी मिलले तिरे उखु किसानको ३१ करोड, अझै ३२ करोड भुक्तानी हुन बाँकी

अख्तियारमा भ्रष्टाचारका १२१२ मुद्दा दायर, साढे २ अर्बको बिगो दाबी Read Next

अख्तियारमा भ्रष्टाचारका १२१२ मुद्दा दायर, साढे २ अर्बको बिगो दाबी