आन्तरिक उडान गन्तव्य बढाउँदै निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडान गन्तव्य  बढाउने भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै निगमले आन्तरिक उडान बढाउने तयारी गरेको हो ।

 

निगमले चौरझारी, ताप्लेजुङ्ग, रुकुम, भोजपुर, बाजुरा, तुम्लिङ्गटारका लागि उडान गर्ने तयारी गरेको जनाएको छ ।

 

निगमले श्रावण १८ गते चौरझारी र ताप्लेजुङ्गमा परीक्षण उडान गरेको थियो भने श्रावण १९ गते (आज) रुकुमका लागि परीक्षण उडान गरेको हो । २० गते भोजपुरमा परीक्षण उडान गरिने तयारी निगमको रहेको छ ।

 

यस्तै श्रावण २१ र २२ गते बाजुरा र तुम्लिङ्गटारमा वाई१२ई विमानबाट परीक्षण उडान गरिने निगमले जानकारी दिएको छ ।

 

अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको उनले जानकारी दिए ।

 

पर्यटन वर्ष २०२० का लागि आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन कार्यकारी समितिलाई निगमले निर्देशन दिएको छ ।

 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सरकारद्वारा घोषित पर्यटन वर्ष २०२० नेपालको पर्यटन प्रवद्र्धनका लागि सर्वाधिक महत्वपूर्ण अवसर भएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

 

उनले अन्तर्राष्ट्रिय तर्फ निगमले प्रदान गरिरहेको सेवाका उल्लेखनीय रहेको भन्दै आन्तरिक तर्फ योजनावद्ध तयारी एवम् व्यवस्थापनमा केन्द्रित हुन निगमले थालनी गरेको बताए ।

होटल ह्यारिसनमा एनआईसी एशियाका ग्राहक र कर्मचारीलाई ३०% छुट Read Previous

होटल ह्यारिसनमा एनआईसी एशियाका ग्राहक र कर्मचारीलाई ३०% छुट

खर्चै गर्नै सकेन महानगरले, केही  शीर्षकमा खर्च शून्य Read Next

खर्चै गर्नै सकेन महानगरले, केही शीर्षकमा खर्च शून्य