काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस (विराटनगर)बीच सम्झौता भएको छ । सम्झैता अनुसार बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट हुने भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसनको तर्फबाट म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् ।
यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले देशभर २९५ शाखा कार्यालय, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा ४१ वटा शाखारहित काउन्टर मार्फत १७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआईसी एशिया शाखा सञ्जालको आधारमा देशकै सबैभन्दा ठूलो बैंक हो ।