माछापुच्छ्रे बैंक र शहिद गंगालाल हृदयरोग केन्द्रबीच व्यवसायीक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

 

सम्झौता पश्चात् शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आबद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेले यसअघि पनि सरल र सहज बैंकिङ सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थासँग सम्झौता गरेको छ ।

 

बैंकले हाल देशभरका १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएम, १ हजार बढी पीओएसमार्फत आफ्ना ग्राहकलाई बंैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी Read Previous

देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी

औद्योगिक हबका रूपमा उदाउँदै भैरहवा, यस कारण आकर्षित हुँदै छन् लगानीकर्ता Read Next

औद्योगिक हबका रूपमा उदाउँदै भैरहवा, यस कारण आकर्षित हुँदै छन् लगानीकर्ता