देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी

काठमाडौं । देशका कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४८ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ कात्तिकसम्ममा नेपालका ५ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । गत वर्षको सोही अवधिसम्म देशका ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

 

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेको छैन् ।

 

राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का १३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुगेको छैन ।

 

यस्तै, वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैैंकको तथ्यांकअनुसार यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कात्तिक मसान्तमा १४६ कायम भएको छ।

 

यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७८लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ कात्तिकमसान्तमा ९९३७ पुगेको छ ।

ग्रामीण उद्यम र आर्थिक विकासका लागि विश्व बैंकले  नेपाललाई साढे ९ अर्ब दिने Read Previous

ग्रामीण उद्यम र आर्थिक विकासका लागि विश्व बैंकले नेपाललाई साढे ९ अर्ब दिने

माछापुच्छ्रे बैंक र शहिद गंगालाल हृदयरोग केन्द्रबीच व्यवसायीक सम्झौता Read Next

माछापुच्छ्रे बैंक र शहिद गंगालाल हृदयरोग केन्द्रबीच व्यवसायीक सम्झौता