ग्रामीण उद्यम र आर्थिक विकासका लागि विश्व बैंकले नेपाललाई साढे ९ अर्ब दिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच साढे ९ अर्ब (८ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

 

ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।

 

आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवद्र्धन गर्दै कोभिड–१९ पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने रहेको मन्त्रालयले जनाएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन गरिनेछ ।

 

यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता र पर्या–प्रणालीको सुदृढीकरणमा खर्च गरिनेछ । त्यसैगरी ग्रामीण उत्पादक समूह र निजी क्षेत्रका क्रेताबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारीको सिर्जना गरिने भएको छ ।

नबिल बन्यो सबैभन्दा धेरै लाभांश खुवाउने बैंक, कुनले कति लाभांश घोषणा गरे (सूचीसहित) Read Previous

नबिल बन्यो सबैभन्दा धेरै लाभांश खुवाउने बैंक, कुनले कति लाभांश घोषणा गरे (सूचीसहित)

देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी Read Next

देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी