उखु किसानको बक्यौता तिर्न श्रीराम सुगर मिलले बैंकमा जम्मा गर्यो २५ करोड

काठमाडौं । उखु किसानको बक्यौक्ता भुक्तानी गर्न श्रीराम सुगर मिलले आफ्नो बैंक खातामा २५ करोड रुपैयाँ जम्मा गरेको छ ।

 

श्रीरामले एक सूचना जारी गर्दै किसानको बक्यौता तिर्न पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० रुपैयाँ र आज ५ गते ८ करोड २५ लाख ५७ हजार ५१९ गरी कुल २५करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ जम्मा गरेको जानकारी गराएको छ ।

 

खातामा जम्मा भएको रकम रकमबाट किसानको रकम भुक्तानी गर्न सम्बन्धित बैंकलाई निर्देशन दिइएको उद्योगले जनाएको छ । कृषकको बक्यौता भुक्तानी शुरु भइसकेको र क्रमशः सबै किसानले भुक्तानी पाउने उद्योगले जनाएको छ

सेयर बजारमा दोहोरो अंकको कमब्याक, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता Read Previous

सेयर बजारमा दोहोरो अंकको कमब्याक, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

देशवासीको नाउँमा सम्बोधन भन्दै प्रधानमन्त्री ओलीले पोखे आफ्नै नेता-कार्यकर्ताप्रति तितो Read Next

देशवासीको नाउँमा सम्बोधन भन्दै प्रधानमन्त्री ओलीले पोखे आफ्नै नेता-कार्यकर्ताप्रति तितो