देशवासीको नाउँमा सम्बोधन भन्दै प्रधानमन्त्री ओलीले पोखे आफ्नै नेता-कार्यकर्ताप्रति तितो

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले देशवासीको नाममा सम्बोधन भन्दै आफ्नै पार्टीका नेता–कार्यकर्ता प्रति तितो पोखेका छन् ।

 

आफ्नो सत्ता स्वार्थका निमित्त संविधानले नदिएको अधिकार प्रयोग गरेको भोलीपल्ट प्रधानमन्त्रीले ओलीले देशवासीको नाउँमा सम्बोधन भन्दै आफ्नै दलको किचलोको भण्डाफोर गरेका छन् ।

 

जनताबाट निर्वाचित सरकारलाई पार्टीका अन्य नेताहरुको काम गर्न नदिएको उनको गुनासो थियो । ‘सचिवालयका ७५ वटा बैठकभए, सबै बैठकमा मेरा मान्छे खोइ ? मलाई खोइ ? मात्र भन्छन्,’ ओलीले भने ।

 

तर, पार्टी भित्रको कलहको दुहाई दिँदै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिँदै अहिलेको संवैैधानिक र राजनीतिक प्रक्रिया नै अवरुद्ध गरेका छन् ।

 

संम्बोधनका क्रममा ओलीले ताजा जनादेशको लागि आवश्यक तयारी गर्नका लागि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

उनले आफूले चालेको कदमको जायज पुष्टि गर्नुपर्ने र संविधानको कुन धारामा टेकेर त्यस्तो कदम केका लागि चालिएको थियो भनेर प्रष्ट रुपमा बताउनु पर्नेमा त्यतातर्फ प्रधानमन्त्रीले ध्यान दिएका छैनन् ।

 

प्रधानमन्त्रीले आफ्नो कदमको संवैधानिक, कानुनी, नैतिक र राजनीतिक बचाउ पनि गर्न सकेका छैनन् ।नाकाबन्दी, भूकम्प, फिर्ता ल्याइएको भनिएको भू–भाग इत्यादी विषयमा जनतालाई बिषयान्तर गराउँदै प्रधानमन्त्रीले आफू पक्षमा नेता–कार्यकर्तालाई चुनावको तयारीमा लाग्न र आफू इतरकालाई आक्षेप लगाउने सिवाय केही पनि बोलेका छैनन् ।

 

संवैधानिक, राजनीतिक र कानुनी दृष्टिकोणबाट अध्याँरो सुरुङ भित्र पसेको नेपाली राजनीतिमा केही निकास आउलाकी भनेर कुरेर बसका सामान्य नेपाली जनता एकपटक फेरि निराश भएका छन् ।

 

समग्रमा भन्दा प्रधानमन्त्रीले देशवासीका लागि कुनै संम्बोधन नै गरेनन् ।

उखु किसानको बक्यौता तिर्न श्रीराम सुगर मिलले बैंकमा जम्मा गर्यो २५ करोड Read Previous

उखु किसानको बक्यौता तिर्न श्रीराम सुगर मिलले बैंकमा जम्मा गर्यो २५ करोड

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा Read Next

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा