आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता

काठमाडौं । विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

 

सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आइएमई भरोसा कोष’ स्थापना गरेर आइएमईले खाडी मुलुक र मलेशियामा मृत्यु भएका श्रमिकका परिवारलाई आज सो रकम प्रदान गरेको हो ।

 

राजधानीमा आयोजित एक कार्यक्रम सहायता रकम हस्तान्तरण गर्दै आएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारीको सिलसिलामा विदेशमा कोरोनाका कारण ज्यान गुमाएका नेपालीका परिवारजनलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरी सहायता रकम उपलब्ध गराइएको बताए।

 

भरोसा कोषले २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड-१९ बाट ज्यान गुमाएका नेपालीका आफन्तलाई सहयोग गर्ने जनाउँदै आवेदन गर्न पीडित परिवारलाई आह्वान गरेको थियो ।

 

परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरूको समन्वयमा आवेदन सङ्कलन गरी आइएमई समूहले सहायता रकम प्रदान गरेको अध्यक्ष ढकालले बताए।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर Read Previous

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

किन आन्दोलन गरिरहेछन् उखु किसान, यस्तो छ भित्री कुरो Read Next

किन आन्दोलन गरिरहेछन् उखु किसान, यस्तो छ भित्री कुरो