स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले कोरोनाका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ ।

 

समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी पठाउने निर्णय पनि गरेको छ ।

 

समितिले स्वास्थ्य सेवा विभागले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह)लाई ठेक्का दिँदा अनियिमितता भएको निष्कर्ष निकालेको हो ।

 

रातारात निर्णय गरेर बजार मूल्यभन्दा अत्याधिक महँगोमा स्वास्थ्य सामाग्री खरिद गरेको पाइएको समितिको ठहर छ ।

 

समितिको आजको बैठकमा छलपलका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि बोलाएको थियो । उनले बजारमा हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको र ओम्नीले सामान ल्याउन नसक्नेपछि सम्झौता रद्द गरेर धरौटीसमेत जफत गरिएकाले भ्रष्टाचार भयो भन्नु गलत रहेको बताए ।

वैदेशिक रोजगारीमा जानेको संख्या ९६ प्रतिशतले घट्यो Read Previous

वैदेशिक रोजगारीमा जानेको संख्या ९६ प्रतिशतले घट्यो

आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता Read Next

आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता