काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार मात्र सुनको मूल्य ६५ हजार ८ सय रुपैयाँका कारोबार हुँदै हालसम्मको सबैभन्दा उच्च मूल्य कायम गरेको थियो ।
तर, यो रेकर्ड तोड्दै सुनले आज ६६ हजार ३ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो।आइतबार सुन शुक्रबार भन्दा प्रतितोला ८ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ हुँदा तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ।
सुनको मूल्य बढ्नुमा चीन अमेरिकाको व्यापार युद्धको असर, र डलरमा लगानी गर्ने लगानीकर्ता सुनतर्फ आकर्षित हुनु जस्ता कारण रहेका छन् ।
अन्तर्राट्रिय बजारमा सुनको मूल्य लगातार बढी रहेकाले नेपाली बजारमा यसको प्रभाव देखिएको हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १ हजार ४ सय ४०.६८ अमेरिकी डलर रहेको छ।