निजगढ विमानस्थलले नेपालीको प्रतिव्यक्ति आय हरेक वर्ष ५% ले बढाउँछ

नेपाल एउटा सानो र सुन्दर देश हो । यसको सुन्दरताको प्रभाव संसारभर नै रहेको छ । संसारका मानिसहरु नेपाल हेर्न चाहन्छन् ।

 

नेपाल दुई ठूला देशहरुको बीचमा छ । चीनले ‘कनेक्टिभीटी’को सन्र्दभमा ठूलो छलाङ लगाइसकेको छ । भारत पनि धेरै अगाडि बढिसकेको छ । अहिले ठूलो रुखको मुनी छायाँ पर्छ भने जस्तै भएको छ ।

 

नेपालको ठूलो समस्या भनेकै ‘कनेक्टिभीटी’ हो । त्यही भएर अहिले दोस्रो विमानस्थल निजगढको कुरा उठेको हो ।

 

अहिले हामीसँग एउटा मात्र विमानस्थल छ । अहिलेको दुनियाँमा सडक बाटोबाट टाढा–टाढा जान सम्भव नै छैन । रेलवेसँग पनि हामी जोडिएका छैनौं । त्यसैले हाम्रो कनेक्टिभीटीको एउटा मात्र माध्यम भनेकै विमानस्थल हो ।

 

अहिले हामीसँग भएको त्रिभुवन विमानस्थललाई त अन्तर्राष्ट्रिय भन्नै मिल्दैन । विदेशीसँग कुरा गर्दा तपाईंहरुकोमा अन्तर्राष्ट्रिय विमानस्थल नै छैन भन्छन् ।

 

उनीहरुले अहिले भएको विमास्थललाई अन्तर्राष्ट्रिय स्तरको मान्दैनन् ।त्यसैले अमेरिकी, युरोपियन र अफ्रिकनहरु हामीकहाँ उडान गर्दैनन् । रसियनहरु पनि गर्न चाहँदैनन् ।

 

हामीसँग अहिले दक्षिण एशियाको लागि मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको अवस्था हो । खाडी क्षेत्रमा हाम्रा धेरै मानिसहरु काम गर्न गएका हुनाले बाध्यात्मक स्थितिमा उनीहरुले उडान गरेका हुन् ।

 

जहाँसम्म रेलवेको कुरा छ, चीनले त्यसमा फड्को मारेको छ, भारतमा पनि उहिबेलै बेलायतीहरुकै पालामा बनिहाल्यो । हाम्रो चाहीँ यो कत्तिको प्रभावकारी हुन्छ भनेर अध्ययन नै भएको छैन । रेल आर्थिक रुपले कत्तिको दिगो हुन्छ भन्ने गम्भिर अध्ययन नगरी हाम्फाल्न हुँदैन ।

 

युरोप तिर जाँदा मलाई कति मानिसहरुले विमानस्थल नै छैन तपाईंहरुकोमा भनेका छन् । पहाडहरुको बीचमा उड्नै डर लाग्छ भन्छन् । श्रीलङ्कनहरुले समेत भनेका छन् । बाध्यात्मक ढंगले बाहेक सामान्य ढंगले मानिसहरु यहाँ आउनै डराएको देखियो ।

 

अर्कोकुरा रेल चलाउने भनेको त व्यापारै गर्नका लागि हो । हाम्रो व्यापारले रेलवे धान्न सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण विषय हो ।

 

हाम्रो अन्तर्राष्ट्रिय कनेक्टिभीटीको मूल आधार भनेको हवाइ यातायात नै हो । यसैलाई हामीले जोड दिनुपर्छ । र, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल त्यसैसँग जोडिएको विषय हो ।

 

त्रिभुवन विमानस्थल किन अन्तर्राट्रिय होइन भन्नेमा केही कारणहरु छन् । पहिलो, अन्तर्राट्रिय विमानस्थल बन्नका लागि सहरबाट निश्चित टाढा हुनु पर्ने भन्ने छ, जुन मापदण्ड यसले पूरा गर्दैन ।

 

दोस्रो, रनवेको लम्बाई, जुन ३५ सय मिटर हुनुपर्छ, त्यो पनि पुग्दैन । तेस्रो, डबल रनवे हुनुपर्छ भन्ने छ । यहाँ सिङ्गल मात्र छ । डबलको कुनै सम्भावना पनि छैन ।

 

चौथो, जिरो भिजिबिलिटी हुनुपर्छ भन्ने हो । पहाडहरुले घेरेको हुनाले जिरो भिजिविलिटी त्रिभुवन विमानस्थलमा सम्भव छैन । अन्तर्राष्ट्रिय विमानस्थल हुनका लागि कम्तिमा २२ सय मिटरको भिजिबिलिटि हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मापडण्ड छ ।

 

अब, माथीका सबै मापडण्ड पूरा गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्ने ठाउँ भनेकै निजगढ हो । त्यहाँ भिजिबिलिटि पुग्छ । धेरै रनवेहरु बनाउन सकिन्छ । र, यसैका आधारमा संसारभरको नेपाल प्रतिको चासोलाई सम्बोधन गर्न सक्ने कनेक्टिभीटीको भरपर्दो र दिगो आधार हो ।

 

युरोप तिर जाँदा मलाई कति मानिसहरुले विमानस्थल नै छैन तपाईंहरुकोमा भनेका छन् । पहाडहरुको बीचमा उड्नै डर लाग्छ भन्छन् । श्रीलङ्कनहरुले समेत भनेका छन् । बाध्यात्मक ढंगले बाहेक सामान्य ढंगले मानिसहरु यहाँ आउनै डराएको देखियो ।

 

अनी, आन्तरिक कनेक्टिभीटीको कुरा गर्ने हो भने चाँही सडक सञ्जाल नै एकमात्र विकल्प हो । पहाडहरुमा बाटो बनाउँदा वातावरणमा धेरै असर पार्छ भन्ने चासो पनि सुनिन्छ । तर, सुरुङ मार्गले यो चासो सम्बोधन गर्न सक्छ । विदेशमा होचा पहाडहरुमा समेत सुरुङ मार्ग बनाएका छन् भने यहाँ नसकिने कुरै छैन ।

 

कत्रो र कस्तो बनाउने विमानस्थल ?

 

मैले २०५१ सालमा प्रतिनिधि सभामा जितेको थिएँ । त्यो बेला अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा मात्र भएको थियो । कहाँ बनाउने भन्ने टुङगो थिएन । विराटनगरदेखि नेपालगञ्जसम्म र दाङदेखि पदमपोखरीसम्म विभिन्न ८ ठाउँको सर्भे भएको थियो । ती मध्ये सबै भन्दा उपयुक्त ठहराइएको हो निजगढलाई ।

 

प्रारम्भिक अध्ययनहरुले करिब १ खर्ब रुपैयाँमा सिङ्गल रनवे भएको विमानस्थल बनाउन सकिने देखाएको छ । त्यो भनेको नेपाल सरकारले पनि बनाउन सक्ने कुरा भयो । वर्षको २५ अर्ब खर्च गरे ४/५ वर्षमा आफैं बनाउन सकिने रहेछ ।

 

त्यहाँ जग्गा प्राप्तिको काम गरिसकिएको छ । करिब १४ घरको बस्ती व्यवस्थापनको काम बाँकी छ । त्यो हुने बित्तिकै ठाउँ खाली भैहाल्छ । घेराबन्दी भैसकेको छ । मुआब्जाको लागि पनि बजेट छुट्याई सकिएको छ ।

 

जंगल कटानसम्म कुरा पुगिसकेको छ । र, नेपाल सरकारले ‘इआइए रिर्पोट’ (पर्यावरणीय प्रभाव सम्बन्धी रिर्पोट) पनि पास गरिसकेको छ ।

 

अब कुरा रह्यो, कस्तो बनाउने ? र, कुन मोडलमा बनाउने ?

 

३ वटा रनवे भएको बनाउन पनि सकिन्छ । २ वटा भएको बनाए पनि भयो । वा, अहिलेलाई सिङ्गल रनवे भएको बनाउँ भन्दा पनि हुन्छ ।

 

फेरी, रुख भनेको ती सबै ठूला, अंगालोभरीका रुखहरु होइनन् । कान्छी औंला जत्रा, स–साना भूईंमै रहेका बुट्यानहरुलाई पनि रुखकै रुपमा गणना गरिएको हो । २४ लाख रुख भनेको ठाउँमा खास गरि हुर्केका र बजारमा बिक्री हुने रुख भनेको जम्मा ३ लाख हाराहारी मात्र हुन् ।

 

प्रारम्भिक अध्ययनहरुले करिब १ खर्ब रुपैयाँमा सिङ्गल रनवे भएको विमानस्थल बनाउन सकिने देखाएको छ । त्यो भनेको नेपाल सरकारले पनि बनाउन सक्ने कुरा भयो । वर्षको २५ अर्ब खर्च गरे ४/५ वर्षमा आफैं बनाउन सकिने रहेछ ।

 

दोस्रो, अरु कसैलाई बनाउन दिए पनि भयो । त्यहाँ विमानस्थल बनाउनका लागि ७ वटा राज्य समर्थित कम्पनीहरु तयारै छन् । उनीहरुले लगानी बोर्डमा चासो व्यक्त गरेका छन् । यसको मतलब, लगानीको त कुनै समस्या नै होइन ।

 

वातावरणको समस्या हो त ?

 

यसका केही मानिसहरुको चासो सुनिएको छ । संसदीय समितिहरु पनि स्थलगत भ्रमणमा गएका छन् । वातावरण सम्बन्धी संस्थाहरु पनि गएका छन् । उनीहरुले रिर्पोट दिएका छन् । त्यो हेरे भैहाल्यो ।

 

ईआइए रिर्पोटमा भने २४ लाख रुखको कटान हुने रहेछ भनेर उल्लेख भयो । त्यो भनेको तेस्रो चरणको विस्तारसम्म (३ वटा रनवे बनाउने बेलासम्म) त्यति जति ठाउँ चाहिन्छ त्यो खालि गर्दा त्यति रुख काटिन्छ भनिएको हो । तत्काल होइन ।

 

फेरी, रुख भनेको ती सबै ठूला, अंगालोभरीका रुखहरु होइनन् । कान्छी औंला जत्रा, स–साना भूईंमै रहेका बुट्यानहरुलाई पनि रुखकै रुपमा गणना गरिएको हो । २४ लाख रुख भनेको ठाउँमा खास गरि हुर्केका र बजारमा बिक्री हुने रुख भनेको जम्मा ३ लाख हाराहारी मात्र हुन् ।

 

अर्को कुरा, पहिलो चरणमा सिङ्गल रनवेको मात्र बनाउँदा विमानस्थलले चर्चिने जग्गा भनेको जम्मा २५ सय हेक्टर मात्र हो । त्यसमा पनि जम्मा १ हजार हेक्टरमा मात्र रुख काट्नु पर्छ । त्यो भनेको करिब १ लाखभन्दा पनि थोरै ठूला रुख काटे पुग्छ ।

 

१ लाख रुख भनेको त कहीँ पनि रोप्न सकिन्छ । अझ, ५ लाख रोपे पनि हुन्छ । निजगढमै बाँध बाँधेर १५ सय हेक्टर जमिन निकालिएको थियो, म जनपक्षीय प्रधानपञ्च हुँदा । त्यहाँ हामीले हजारौं रुख रोपेका छौं । त्यसै गरि बकैया खोलाको छेउमा हामीले थोरै मिहिनेत गरे लाखौं रुख रोप्ने ठाउँ निकाल्न सकिन्छ ।

 

भारतले निजगढको आसपास मै विहारमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोज्दैछ । र, त्यो नबनाउन्जेल यसलाई रोक्ने उसको रणनीति हुनसक्छ । उता भन्दा पहिला यता बन्यो भने त फेरी त्यो चल्दैन नी । त्यसको प्रभाव हुनसक्छ ।

 

विमानस्थल बन्ने ठाउँको छेउकै पसाहा खोलामा १ हजार हेक्टर जग्ला निक्लेको छ । त्यहाँ रोपे भैहाल्छ काटिएको बराबरको रुख ।रनवे कै छेउछाउमा पनि रुख रोपे भैहाल्यो । ४ हजार मिटर लामो र केही सय मिटर चौडा त हुने हो नी रनवे ।

 

त्यसैले वातावरण प्रभावको विषय खासै छैन । यो विषय उठाउने साथीहरु पनि त्यहाँ स्थलगत भ्रमणमा गएपछि आश्वस्त हुनुभएको छ ।

 

निजगढ विमानस्थल बनेपछि के हुन्छ ?

 

यो विमानस्थल बनेपछि यसले धेरैको ध्यान खिच्छ । व्यापार बढाउँछ । डा. सुरेन्द्रराज उप्रेतीहरुले एउटा अध्ययन गर्नुभएको छ ।

 

उहाँँहरुको अध्ययनको निष्कर्ष निजगढ विमानस्थल बनेर पूर्णरुपमा सञ्चालन भयो भने त्यसको ४ वर्ष पछि नेपालको आर्थिक वृद्धिदर  ५ प्रतिशतले थप वृद्धि हुन्छ । त्यसले प्रत्यक्ष रोजगारी १ लाख मानिसलाई दिन्छ ।अप्रत्यक्ष रोजगारी त्यो भन्दा ५ गुणाले बढिलाई दिँदोरहेछ ।

 

अहिले हामी कहाँ त्रिभुवन विमानस्थलबाट वार्षिक १० लाखभन्दा थोरै बढी पर्यटक नेपाल आइरहेका छन् । निजगढ विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नसके पर्यटकको संख्या १ करोड पुर्याउन सकिन्छ भन्ने अध्ययनले देखाएको छ । त्यसले नेपालमा सृजना हुने रोजगारी, बढ्ने उत्पादन, भित्रने विदेशी मुद्रा आदि सबैको हिसाब गरेर उहाँहरुले ५ गुणा प्रतिव्यक्ति आय पुग्ने अनुमान गर्नुभएको हो ।

 

तैपनि किन बाधा ?

 

यसका बावजूद केही तत्वहरु यो विमानस्थल बनाउन नदिन लागेका छन् । हाम्रै मानिसहरु पनि लागेका छन् । केही मानिसहरु युरोपियनहरुको चासो छ यसमा भन्छन् । तर, मलाई यो बारे थाहा छैन । बरु, हाम्रै छिमेकीको चाँही केही चासो छ कि जस्तो लाग्छ ।

 

अहिले भारत, पाकिस्तान आदी देशमा आउनुपर्ने अमेरिकी, युरोपियन विमानहरु सिङ्गापुर, बैंकक, दुवइ आदि ठाउँमा उत्रिन्छन् । नेपालमा राम्रो अन्तर्राष्ट्रिय विमानस्थल हुने हो भने ती जम्मै यतै आउँछन् र यहाँबाट सिफ्ट हुन्छन् ।

 

भारतले निजगढको आसपास मै विहारमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोज्दैछ । र, त्यो नबनाउन्जेल यसलाई रोक्ने उसको रणनीति हुनसक्छ । उता भन्दा पहिला यता बन्यो भने त फेरी त्यो चल्दैन नी । त्यसको प्रभाव हुनसक्छ ।

 

विमानस्थल बनिसकेपछि कनेक्टिभिटिको समस्या समाधान नै नहुने त होइन ? कतै विमानस्थल बनिसकेपछि नचलेर असरल्ल पर्ने पो हो की भन्ने छ । श्रीलङ्काको हाम्बान्टोटा एयरपोर्टको अवस्था त्यस्तै छ अहिले । त्यसले श्रीलङकालाई ठूलो ऋणको भारी समेत बोकायो ।

 

त्यो ठाउँमा म पुगेको छु । त्यहाँ बन्दरगाहा र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि बनाए । तर, त्यो कोलम्बो भन्दा धेरै टाढा थियो । व्यापार चलेन, पर्यटकहरुले पनि रुचाएनन् । तर, त्यहाँ त विकल्प छ । कोलम्बोमा अन्तर्राष्ट्रिय विमानस्थल छ ।

 

हाम्रो कुरा अर्कै हो । हाम्रोमा त अन्तर्राष्ट्रिय विमानस्थल नै छैन भन्दा पनि हुन्छ । पोखरा हुन्छ कि भन्ने छ । तर, पोखरा त विमानस्थलको लागि काठमाडौं भन्दा पनि नराम्रो हो ।
त्यसकारण निजगढ विमानस्थल चल्नुको विकल्प नै छैन ।

 

अर्को कुरा, कुनै पनि अमेरिकी, युरोपियन वा धनी एसियाली मुलुकको विमान सकभर भारत, पाकिस्तान, अफ्गानीस्तान वा बंगलादेश जान चाहदैंनन् । दक्षिण एसियामा उनीहरु आउन चाहने र उत्रन चाहने ठाउँ भनेकै नेपाल हो ।

 

अहिले भारत, पाकिस्तान आदी देशमा आउनुपर्ने अमेरिकी, युरोपियन विमानहरु सिङ्गापुर, बैंकक, दुवइ आदि ठाउँमा उत्रिन्छन् । नेपालमा राम्रो अन्तर्राष्ट्रिय विमानस्थल हुने हो भने ती जम्मै यतै आउँछन् र यहाँबाट सिफ्ट हुन्छन् ।

 

त्यसैले हाम्बान्टोटाको जस्तो विमानस्थल हुने कुरै छैन । बरु यो दक्षिण एसियाकै सबैभन्दा चल्ने विमानस्थल हुन्छ ।

 

लगानी कसरी जुटाउने त ?

 

केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फास्ट ट्रयाक र सिङ्गल रनवे भएको भएपनि अन्तर्राष्ट्रिय विमानस्थल आफैंले बनाउने निर्णय भएको हो ।पछि प्रचण्ड प्रधानमन्त्री भएपछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अरु मोडलमा पनि जान सकिने भनेर खुल्ला गरिएको छ । अहिले पनि खुल्लै छ ।

 

अहिले विमानस्थल निर्माण लगानी बोर्डमा छलफलको क्रममा छ । बस्ती व्यवस्थापनको काम भइरहेको छ । बीचमा मन्त्रीको असायमिक निधनले काम अलि ढिलो भएको हो ।
यति काम सकेपछि जुनसुकै मोडलमा भए पनि निर्माण प्रक्रिया अगाडि बढ्छ ।

 

आफैंले बनाए पनि हुन्छ । म एक पटक नर्वे जाँदा त्यहाँ एउटा विमानस्थल बन्दै थियो । म त्यही विमानस्थलमा उत्रेको । काम हुँदै थियो । अलि भद्रगोल पनि थियो । नर्वेले गर्दा हुन्छ भने नेपालले पनि गर्दा हुन्छ । एउटा मात्र रनवे भएको विमानस्थल बनाएर चलाउँदै गर्दा भैहाल्यो । वर्षको २०–२५ अर्ब रुपैंयाँ खर्च गरेर ।

 

अथवा, माथि पनि भनियो, विभिन्न ७ वटा राज्य समर्थित कम्पनीहरुले पनि बनाउन इच्छा देखाएका छन् । उनीहरुसँग ‘बुट’ मोडल (बनाउने, चलाउने , नाफा उठाउने र सरकारलाई बुझाउने) वा जीटुजी (सरकारहरु बीच सम्झौता गरेर) मोडलमा बनाउँदा हुन्छ । यी दुई मोडलहरुमा पनि छलफल भइरहेको लगानी बोर्डले बताएको छ ।

  • पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री हुन् ।
सुनको मूल्यले फेरि बनायो नयाँ  रेकर्ड, कति पुग्यो तोलाको ? Read Previous

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री खतिवडा Read Next

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ : अर्थमन्त्री खतिवडा