५ हजार ९ सय जनालाई सरकारी जागिरको अवसर, कहाँबाट दिने आवेदन ?

काठमाडौं। नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ जनाको लागि विज्ञापन खुला गरेको छ।

 

सेनाले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको हो।

 

योग्य र इच्छुक नेपाली नागरिकले साउन १९ गतेदेखि भदौ १६ गतेसम्मा आफ्नो नजिकका केन्द्रमा गएर आवेदन दिन सक्ने छन्।

 

इच्छुक व्यक्तिले सेनाको जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, गाईघाट, ओखलढुंगा, झापा, तिप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट भर्ना केन्द्रबाट दरखास्त दिनसक्ने छन्।

 

यस्तै सिन्धुली, लिलितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाची, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दीपायल, बैतडी, बझाङ, दार्चुला, कैलाली र कन्चनपुरका भर्ना केन्द्रबाट पनि आवेदन दिन सक्नेछन् ।

 

विश्व प्रसिद्ध बडवाइजर र फोस्टर्स बियर अब नेपालमै उत्पादन हुने Read Previous

विश्व प्रसिद्ध बडवाइजर र फोस्टर्स बियर अब नेपालमै उत्पादन हुने

सुनको मूल्यले फेरि बनायो नयाँ  रेकर्ड, कति पुग्यो तोलाको ? Read Next

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?