विश्व प्रसिद्ध बडवाइजर र फोस्टर्स बियर अब नेपालमै उत्पादन हुने

काठमाडौं । विश्व प्रसिद्ध बडवाइजर र फोस्टर्स बियर अब नेपालमै उत्पादन हुने भएको छ। यसका लागि बियर निर्माता एन्ह्युजर–बुस इनबेभ र राज ब्रुअरी प्रा.लि.बीच सम्झौता भएको छ ।

 

सम्झौता अनुसार अब राज ब्रुअरीले नेपालमै विश्वका प्रसिद्ध बियर ब्राण्डहरुको उत्पादन र विक्री वितरण गर्ने भएको छ ।

 

राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ । जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएको कम्पनीको दाबी छ।

 

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा राम्रो प्रभाव कायम गर्दै आएको छ ।

 

एबि इनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्राण्डहरु जस्तैः बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको नेपालीले स्वाद लिन पाउने कम्पनीले बताएको छ।

 

 

एबि इनबेभ, जसको प्रधान कार्यालय ल्यूभान, बेल्जियममा रहेको छ, विश्वको करिब ५० भन्दा बढी देशहरु र आफ्ना ५०० भन्दा ज्यादा विविध प्रकारका ब्राण्डहरुका साथ यसको उपस्थिति रहेको छ ।

 

ब्राण्ड फाइनान्सका अनुसार बडवेएजर बियर विश्वको सर्वाधिक मूल्यवान् बियर ब्राण्ड हो र यो लगायत बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहमा ब्राण्ड पनि चर्चित रहेका छन् । यस्तो सूचीमा परेका अन्य ब्राण्डहरुमा स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफ, र होगार्डेन हुन् ।

 

 

एनसीसी बैंकको साधारण सभा भदौ २३ गते, यस्ता छन् मुख्य एजेण्डा Read Previous

एनसीसी बैंकको साधारण सभा भदौ २३ गते, यस्ता छन् मुख्य एजेण्डा

५ हजार ९ सय जनालाई सरकारी जागिरको अवसर, कहाँबाट दिने आवेदन ? Read Next

५ हजार ९ सय जनालाई सरकारी जागिरको अवसर, कहाँबाट दिने आवेदन ?