पेट्रोल र डिजेलको मूल्य बढ्दा खाना पकाउने ग्यासको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

 

निगमले डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको हो ।

 

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका लगायतका ठाउँमा प्रतिलिटर पेट्रोलको १०८ रुपैयाँ पुगेको छ। साथै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ९१ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्यमा भने परिवर्तन गरिएको छैन।

 

ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

नुवाकोट दरबारसँगै निर्माण भएको लोभलाग्दो जिपलाइन र होटल सहितको नयाँ गन्तब्य Read Previous

नुवाकोट दरबारसँगै निर्माण भएको लोभलाग्दो जिपलाइन र होटल सहितको नयाँ गन्तब्य

३ साता भित्रै मनोहरा कोरिडोरको ट्रयाक खुल्ने, घट्ला त कोटेश्वरको जाम Read Next

३ साता भित्रै मनोहरा कोरिडोरको ट्रयाक खुल्ने, घट्ला त कोटेश्वरको जाम