काठमाडौं । सिभिल बैंकले ललितपुरको यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
यससँगै अब यातायात व्यवस्था कार्यालयका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।
बैंकले हाल देशभरका ११४ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर मार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।