होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले ५ हजार पाउने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड-१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार दिने भएको छ ।

 

नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।

 

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।

 

हाल नगरपालिकामा कोरोना सङ्क्रमित २ हजार ८६ रहेकामा ८६६ महिला र १ हजार २२० पुरुष छन् । निको हुनेको सङ्ख्या १ हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा Read Next

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा