मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४.२६ प्रतिशत नगद गरी कुल १५.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ३.०२ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १७.६ प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद गरी कुल १८.५३ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

चियामा एकपछि अर्को उपलब्धि, विश्व बजारमा फस्टाउँदै Read Previous

चियामा एकपछि अर्को उपलब्धि, विश्व बजारमा फस्टाउँदै

होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले ५ हजार पाउने Read Next

होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले ५ हजार पाउने