सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ३० करोड, लाभांश क्षमता कति ?

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक विवरण अनुसार बैंकले गत वर्ष २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा २१.२५ प्रतिशत बढोत्तरी गरेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९० करोड ४० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा नियामकीय व्यवस्था पश्चात बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६५ करोड २० लाख १८ हजार रुपैयाँ रहेको छ । यस नाफाबाट शेयरधनीलाई साढे १८ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेको छ।

 

बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष १२.२८% ले बढेर ४ अर्ब ४१ करोड ४८ हजार ५८ रुपैयाँ पुगेको छ ।

 

गत आवमा बैंकले एक खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलनबाट एक खर्ब चार अर्ब ७६ करोड कर्जा लगानी गरेको गरेकोे छ । सो अवधिमा बैंकले ४ अर्ब ६७ करोड ब्याज आम्दानी गरेको छ।

 

बैंकको प्रतिसेयर आम्दानी १४ पैसाले बढेर २६ रुपैयाँ ५९ पैसा पुगेको छ । सिद्धार्थको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।

पहिला लाइसेन्स बाँड्न आएको भने, अहिले परिणाम हेरेर सबै छक्क छन्ः चिरञ्जीबी चापागाँईको अन्तर्वार्ता Read Previous

पहिला लाइसेन्स बाँड्न आएको भने, अहिले परिणाम हेरेर सबै छक्क छन्ः चिरञ्जीबी चापागाँईको अन्तर्वार्ता

एनसीसी बैंकको साधारण सभा भदौ २३ गते, यस्ता छन् मुख्य एजेण्डा Read Next

एनसीसी बैंकको साधारण सभा भदौ २३ गते, यस्ता छन् मुख्य एजेण्डा