पहिला लाइसेन्स बाँड्न आएको भने, अहिले परिणाम हेरेर सबै छक्क छन्ः चिरञ्जीबी चापागाँईको अन्तर्वार्ता

बीमा समितिले पछिल्ला दिनमा निकै आक्रमक बजार बिस्तारमा कम्पनीहरुलाई सहयोग गरिरहेको देखिएको छ । जीवन बीमा क्षेत्रमा पछिल्ला वर्षमा निकै राम्रो वृद्धि देखिएको छ भने निर्जीवन बीमा व्यवसायको वृद्धि पनि निकै राम्रो रहेको छ । यस्तोमा समग्र बीमा क्षेत्रको विकासमा समितिले खेलेको भूमिका र आगामी दिनमा कम्पनीहरुलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाँईसँग गरिएको कुराकानीको सम्पादीत अंशः

 

बीमा समितिमा अध्यक्ष भएर आउँदा गरेका प्रतिवद्धता कति पुरा भएजस्तो लाग्छ ?

 

म बीमाको दायरा बढाउँछु भनेर समितिमा आएको थिए । अहिलेको आँकडा हेरर तपाईहरु नै मेरोकामको मूल्यङ्कन गर्न सक्नु हुन्छ । बीमाको कुल ग्रहस्थ उत्पादनमा हिस्सा बढाउन सकिन्छ भनेर मैले भनेको थिए ।

 

पहुँचको कुरा गर्दा विकसित मुलुकहरुमा १०० प्रतिशतसम्म पुगेको अवस्था थियो तर, हामी कहाँ म आउने समयमा ७ प्रतिशत मात्र थियो । कुल ग्रहस्थ उत्पादनमा त १.५ प्रतिशत योग्दान थियो । मैले बीमाको पहुँच विस्तारमा कम्पनीहरु र समिति कही चुके जस्तो महशुस गरेको थिए । बीमा क्षेत्रका बारेमा खासै प्रचार–प्रसार थिएन । तर, बीमा समितिमा आवेदन दिएर बसेका थु्रपै कम्पनीहरु थिए । जसलाई लाइसेन्स दिएर गाउँ गाउँमा पुर्याउने अवसर मसँग थियो । मैले त्यसलाई सदुपयोग गरे ।

 

अहिले भारतीय एक्चुरीलाई १ वर्षमा साढे २ अर्ब बराबर पैसा तिरिरहेका छौँ, त्यो रकम कसरी रोक्ने भनेर हामी काम गरिरहेका छौं ।

 

अर्को बीमा गर्ने संख्या अत्यन्त न्यू रहेकाले भर्जिन मार्केटलाई बढाउन सकिन्छ भन्ने थियो । तर मलाई चुनौती पनि थियो । यो लाइसेन्स बाँड्न आएको हो भने पनि अहिले परिणाम देखेर ति मानिसहरु छक्क परेका छन् । मसँग रेगुलेसनको काम गर्ने आइडिया त थियो तर, त्यसको लागि दक्ष जनशक्तिको खाँचो समितिले भोगिरहेको थियो ।

 

मैले जनशक्ती नियुक्त गर्नेदेखि लाइसेन्स दिनेसम्मको काम पहिलो वर्ष नै गरे । त्यसपछि पहिलो वर्षको काम रिभ्यू गर्दै दोस्रो वर्षमा रिजल्टलाई केन्द्रमा राखेर काम गर्न भने । अहिले परिणाम तपाईहरुको अगाडि छ । ७ प्रतिशतबाट बीमाको पहुँच बढेर झण्डै २० प्रतिशत पुगेको छ । यो राम्रो रिजल्ट हो ।

 

कार्यकारी अध्यक्ष भएर काम गरिरहनु भएको छ बोर्डका अन्य सदस्यहरुको सहयोग कस्तो रह्यो ?

 

म यहाँ आएपछि २ जना साथीहरु परिवर्तन हुनु भयो । अर्थमन्त्रालय र कानुन मन्त्रालयका साथीहरुले मलाई निकै सहयोग गर्नु भएको छ । अहिले आउनु भएका सरहरुले पनि राम्रोसँग निर्णय लिदै आउनु भएको छ ।

 

अहिले आएर मैले पनि एउटा परिक्षा पास गरे जस्तो लाग्छ । त्यसका लागि मलाई सबै साथीहरुले धेरै सहयोग गर्नु भएको छ । नभए सुरुका दिनमा भोलि के गर्ने होला जस्तो हुन्थ्यो । आजको दिनमा मलाई बोर्डले टेक्नीकल मेनपावर जति चाहिन्छ आवस्यकता अनुसार नियूत्त गर्ने अधिकार दिनु भएको छ । केही समय अगाडि मात्रै मैले ४ जना चाटर्ड एकाउन्टेन्ट हायर गरेको छु ।

 

अहिले समितिले एक्चुरी पढिरहेको कर्मचारी राखेको छ । भविस्यमा एक्चुरी पढेका कर्मचारी राख्दै जाने विचार गरेका छौं । अहिले भारतीय एक्चुरीलाई १ वर्षमा साढे २ अर्ब बराबर पैसा तिरिरहेका छौँ, त्यो रकम कसरी रोक्ने भनेर हामी काम गरिरहेका छौं ।

 

बीमा समितिमा कर्मचारी अत्यन्त कम छन् । तर, बीमा कम्पनी ४० पुगेको छ कसरी कम्पनीहरुको नियमन गर्दै हुनुहुन्छ ?

 

म यहाँ आएपछि १५ जना एसिस्टेन्ट डाइरेक्टर र १ जना डाइरेक्टर गरेर १६ जना थप गरे । गत वर्ष साउनदेखि हामीले कर्मचारीको तालिमको व्यवस्था गरेका छौं । हरेक कम्पनीको कामलाई हाम्रा कर्मचारीले निरिक्षण गरिरहेका छन् । अहिले कम्पनीका बोर्ड र म्यानेजमेन्टका मानिसले भेट्दा हाम्रोमा आएर निरिक्षण गर्नु पर्र्यो भन्ने गरेका छन् । अहिले हाम्रोमा ८५ जनाको दरबन्दी छ । केही दरबन्दी रिक्त भएकाले त्यसलाई यही वर्ष पूर्ति गर्नेछौँ ।

 

तपाई आएपछि कुषि र पशुपंक्षी बीमालाई जोड दिनु भएको थियो कस्तो परिणाम आएको छ ?

 

यो क्षेत्रको बीमा ४२ प्रतिशतको ग्रोथ छ । हामीले एउटा घरमा एउटा बीमा होस् भन्ने विश्वासका साथ काम गरिरहेका हौ । अहिले कृषि बीमामा ७५ प्रतिशत अनुदान सरकारले दिएको छ । हामीले ठाउँ ठाउँमा गएर त्यहाँका नेतृत्वमा रहेका मानिसहरुलाई समेत बुझाउने गरेका छाैँ ।

 

पछिल्लो समय एकिकृत सम्पती बीमा माघ १ गतेदेखि लागु गरेका छौँ । आगामी दिनमा कार्यापालीका बोर्डबाट एकिकृत सम्पती बीमालाई गाउँ गाउँसम्म पुर्याउने लक्ष्य लिएका छौँ ।

 

पुर्नबीमा कम्पनीलाई कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ ?

 

विदेशी कम्पनीलले विश्वास गर्ने नभई पुनर्बीमा कम्पनीलको व्यवसाय अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धी बन्न सक्दैन । हामीले अर्थमन्त्रीसँग विभिन्न चरणमा गरेका छलफलमा पनि अन्तर्राष्ट्रिय स्तरको सफ्टवेर समेत नभएको कम्पनीलाई विदेशीले विश्वास गर्दैनन् भनेका थियौ ।

 

उहाँहरुले त्यो स्तरको सफ्टवेर बनाईसक्नु भयो । अन्तर्राष्ट्रिय स्तरको वित्तीय विवरण (एक्चुवल भ्यालुएसन) पेस गर्नु भएको छ । अब कन्ट्रीको रेटिङ्ग पनि महत्वपूर्ण हुन्छ भनेका छौं । त्यसमा हामी सहयोग गर्न तयार छौं ।

 

समयमा साधारण सभा गर्न नसक्दा सबै बीमा कम्पनीले कम्पनी रजिस्टारमा जरिवाना तिर्नुपर्ने अवस्था छ, त्यसलाई कसरी समाधान गर्ने सोच्नु भएको छ ?

 

एक्चुरी नेपालमै राख्ने विषयमा हामी अघि बढेका छौँ, त्यसमा विदेशीका साथै नेपाली साथीहरु पनि हुनुहुन्छ । यसको मोडालिटी अनुसार एक्चुरीको पढाई पनि यहाँ सुरु भएको छ । आइक्यान भएजस्तै एक्चुरीयल संस्था बनाउनु पर्ने रहेछ ।

 

अहिले त्रिभुवन विश्व विद्यालयमा एक्जुरीको पढाई भइरहेको छ । त्यहाँबाट उर्तिण भएर विद्यार्थी आउन सके हामी यही केही गर्न सक्छौ कि भन्ने छ ।

 

तपाईले समितिलाई नेतृत्व गर्दासम्म बीमाको पहुँच कति पुर्याउने लक्ष्य बनाउनु भएको छ ?

 

अब मेरो यहाँ डेढ वर्ष बाँकी छ । यति नै पुग्छ भन्न त सकिदैन, अबको डेढ वर्षमा हामी २५ प्रतिशत भन्दा माथी पुग्छौ जस्तो लाग्छ ।

चौबिस घन्टामा भित्र डिपीआर पास गर्न सरकारलाई सेनाको आग्रह Read Previous

चौबिस घन्टामा भित्र डिपीआर पास गर्न सरकारलाई सेनाको आग्रह

सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ३० करोड, लाभांश क्षमता कति ? Read Next

सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ३० करोड, लाभांश क्षमता कति ?