अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने

काठमाडौं । अबदेखि आफ्नो खाता रहेको बैंक बाहेक अन्य बैंकको एटीमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

 

यसअघि चैतदेखि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

 

बैंकहरुले अन्तर बैंक एटीएम कारोबार गर्दा प्रतिकारोबार ५० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा कममा पनि सेवा दिने गरेका थिए ।

प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर ३५० रुपैयाँमा किन्ने अवसर Read Previous

प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर ३५० रुपैयाँमा किन्ने अवसर

ग्लोबल आइएमई बैंक र पश्चिम रुकुमका दुई गाउँपालिका बीच सहुलियतपूर्ण कर्जा सम्झौता Read Next

ग्लोबल आइएमई बैंक र पश्चिम रुकुमका दुई गाउँपालिका बीच सहुलियतपूर्ण कर्जा सम्झौता