काठमाडौं । ग्लोबल आइएमई बैंक र पश्चिम रुकुमको मुसिकोट तथा आठबिसकोट नगरपालिका बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसी बीच छुट्टाछुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।