प्रभु इन्स्योरेन्सको प्रमोटर सेयर ३५० रुपैयाँमा किन्ने अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्सको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापन समूहको स्वामित्वमा रहेको ७ लाख ३५ हजार कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

 

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा मंसिर २१ गते देखि २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

 

आवेदकले इन्स्योरेन्सको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तीसारमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।

बैंक अफ काठमाण्डूले दियो निक्षेप ग्राहकलाई ५ लाखको बीमा दाबी भुक्तानी Read Previous

बैंक अफ काठमाण्डूले दियो निक्षेप ग्राहकलाई ५ लाखको बीमा दाबी भुक्तानी

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने Read Next

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने