काठमाडौं । बैंक अफ काठमाण्डूले बीओके सफलता मुद्दती खातामा उच्चतम ब्यााजदरका साथ ११ लाखसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सहकार्यमा उपलब्ध गराउँदै आइरहेको छ ।
बीमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि ५ लाख, १८ प्राणघातक रोगहरुको लागि ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुविधा रहेको छ ।
यसै सुविधा अन्तर्गत रुद्रप्रसाद वस्तीलाई बैंकले ५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बीमा दाबी कम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरेका छन् ।
वस्तीले बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकको बाग्मती प्रदेश अन्तर्गत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दीपक लम्सालले बीमा हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सका नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थिति रहेको थियो ।
बैंकले हाल देशभरका ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।