भारतका ठूला कम्पनी आक्रमक रूपमा ई-कर्मशमा आउँदै, नेपाली व्यवसायीको भने चासो नै देखिएन

काठमाडौं । अहिले विश्वमा चौथो औद्योगीक क्रान्ति चलिरहेको चर्चा हुन थालेको छ । अटोमेशन, स्मार्ट टेक्नोलोजी र डिजिटलाइजेशनलाई चौथो औद्योगीक क्रान्तिको रूपमा अर्थ्याइएको हो ।

 

कुनै समय ठूलो पूँजी र श्रम शक्तिको प्रयोग गरेर आर्थिक समृद्धि हासिल गरेका देशहरू अहिले प्रविधि सम्बद्ध कम्पनीहरूको निर्माण गर्नमा जुटेका छन् ।

 

इन्टरनेट, डिजिटल पेमेन्ट, मोबाइल वालेट, अनलाइन गेमिङ, ओटीपी प्लेटर्फम, इकर्मश जस्ता क्षेत्रमा नेपालका ठूला व्यवसायीहरू वा व्यवसायीक घरानाहरूको ध्यान अझै जान सकेको छैन ।अझै पनि उनीहरू अटो, सिमेन्ट, स्टिल, बैंक लगायत परम्परागत क्षेत्रमा मात्रै आकर्षित भइरहेका छन् ।

 

यसैगरी अघिल्लो औद्योगीक क्रान्तिको समयमा त्यसमा भाग लिन नपाएका एशिया लगायतका देशहरू र त्यहाँका ठूला कम्पनीहरूले पनि आफूलाई प्रविधि सम्बद्ध कम्पनीहरूको निर्माण तर्फ मोडेका छन् ।

 

पछिल्लो कोरोना महामारीले पनि यो नयाँ औद्योगीक क्रान्तिको गतिलाई तीव्र बनाइदिएको छ । तर, अचम्मको कुरा के छ भने नेपालका ठूला व्यापारिक घराना वा कम्पनीहरूले भने अझै यो नयाँ परिर्वतनलाई आत्मसात गर्न सकेका छैनन् ।

 

इन्टरनेट, डिजिटल पेमेन्ट, मोबाइल वालेट, अनलाइन गेमिङ, ओटीपी प्लेटर्फम, इकर्मश जस्ता क्षेत्रमा ठूला व्यवसायीहरू वा व्यवसायीक घरानाहरूको ध्यान अझै जान सकेको छैन ।

 

यस्ता नयाँ व्यवसायीक क्षेत्रहरूमा राम्रो आइडिया भए सानो देशको कम्पनीले पनि विश्वका ठूला कम्पनीहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवसर हुँदाहुँदै पनि नेपालका कम्पनीहरूले त्यता तर्फ ध्यान भने दिन सकेका छैनन् ।

 

अझै पनि नेपालका ठूला व्यवसायीक घरानाहरूको ध्यान अटो, सिमेन्ट, स्टिल, बैंक लगायत परम्परागत क्षेत्रमा मात्रै आकर्षित भइरहेका छन् ।

 

तर, हाम्रो छिमकी भारतका कम्पनीले भने नयाँ औद्योगीक क्रान्तिको बाटोमा आफूलाई होमिसकेका छन् । उनीहरू कम्तीमा भारतमा अमेजोन, वालमार्ट, अलिबाबा जस्ता ठूला डिजिटल कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने हैसियतमा पुगिसकेका छन् ।

 

रिलायन्सको जियोमार्टले अहिले भारतमा अमेजोनसँग र वालमार्टको लगानी रहेको फिल्पकार्टसँग प्रतिस्पर्धा गरिरहेको छ । यी ठूला प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न अहिले भारतको अर्को ठूलो कम्पनी टाटा पनि मैदानमा आइसकेको छ ।

 

टाटाले हालै बिग बास्केट नामक अनलाइन किराना पसलको ८० प्रतिशत सेयर किन्न लागेको कुरा बाहिरिएको छ । अलिबाबाको सेयर लगानी रहेको बिग बास्केटको मूल्याङ्कन १.६ अर्ब डलर गरिएको छ । टाटाले ८० प्रतिशत सेयर करिब १.३ अर्ब डलरमा खरिद गर्न लागेको बुझिएको छ । यद्यपि यो विषय आधिकारीक रूपमा भने बाहिर नआइसकेको भारतीय मिडियाहरूले जनाएका छन् ।

 

भारतको मुम्बई स्थित टाटा बार्षिक ११३ अर्ब डलर कारोबार गर्ने बहुराष्ट्रिय कम्पनी हो । जागुआर, रेन्ज रोभर, टेट्ली चिया जस्ता विख्यात ब्राण्डहरू रहेको यो कम्पनी भारतमा इकर्मशको रेसमा पनि आक्रामक ढंगले आएको देखिएको छ ।

 

भारतमा महामारी पछि अनलाइन व्यवसायको बजार ह्वात्तै बढेको छ । करिब १ ट्रिलियन डलर भन्दा बढिको खुद्रा खाद्यान्न कारोबार हुने भारतमा अनलाइन खाद्यान्न लगायत उपभोग्य वस्तुहरूको व्यापारको लागि ठूलो अवसर रहेको बुझिएको छ ।

 

नेपालमा पनि महामारी पश्चात अनलाइनको प्रयोग ह्वात्तै बढेको छ । अनलाइन किनमेलका अलावा अनलाइन सेयर कारोबार समेत ह्वात्तै बढेको छ पछिल्लो समय ।

 

यसैगरी ओटीपी प्लेर्फमहरूमा सिनेमा लगायत हेर्नेहरूको संख्या पनि बढिरहेको छ । अनलाइन गेमका खेलाडीहरूको पनि व्यापक रूपमा बृद्धि भइरहेको छ । तर पनि यी सबै क्षेत्रमा ठूला व्यवसायीहरूको भने अझै ध्यान जान सकेको छैन । यी सबै क्षेत्रमा नेपालका केही युवा र स–साना कम्पनीहरूले मात्र केही काम गर्ने प्रयास गरेका छन् । सरकारको तर्फबाट पनि यस्ता व्यवसायलाई प्रबद्र्धन गरेर आफ्नो प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने बारे सोचेको देखिँदैन ।

 

यसको मतलब नेपाल र यहाँका व्यवसायीहरूले अझै नयाँ परिर्वतित व्यवसायीक संरचनामा आफ्नो ठाउँ बनाउने बारे अझै सोचेका छैनन् ।

अब मोबाइल बैंकिङबाटै एनआइसी एशियामा मुद्दती खाता खोल्न सकिने Read Previous

अब मोबाइल बैंकिङबाटै एनआइसी एशियामा मुद्दती खाता खोल्न सकिने

उपत्यका भर विद्युतीय तार भूमिगत गर्ने तयारी, ५ खण्डको ठेक्का प्रक्रिया पूरा Read Next

उपत्यका भर विद्युतीय तार भूमिगत गर्ने तयारी, ५ खण्डको ठेक्का प्रक्रिया पूरा