माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण गरेको छ ।

 

देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरे ।

 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । साथै देशका विभिन्न स्थानहमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

 

बैंकले हाल देशभरका १६० वटा शाखा, १३३ शाखा रहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङ, २०० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

देशभरका ५७५ सडकको ठेक्का अन्योलमा, ठूला आयोजनालाई बजेट जुटाउनै मुस्किल Read Previous

देशभरका ५७५ सडकको ठेक्का अन्योलमा, ठूला आयोजनालाई बजेट जुटाउनै मुस्किल

सानिमा बैंकले शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली Read Next

सानिमा बैंकले शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली