देशभरका ५७५ सडकको ठेक्का अन्योलमा, ठूला आयोजनालाई बजेट जुटाउनै मुस्किल

काठमाडौं । देशभरका ५७५ सडक आयोजनाका ठेक्का प्रक्रिया अन्योलमा परेको छ ।

 

सडक निर्माण अन्तर्गत हाल २ हजार भन्दा बढी ठेक्का रहेकामा बजेट विनियोजन नहुनु, स्रोत सुनिश्चित हुन नसक्नु, ठूला आयोजनाको जिम्मेवारी प्रदेश सरकारले नलिनु लगायत कारणले ५७५ सडकको ठेक्का अन्योलमा परेका हुन् ।

 

विभागका सूचना अधिकारी रमेशकुमार सिंहका अनुसार केन्द्रीय सरकारले प्रदेशका लागि भनेर छुट्याएका कतिपय ठेक्काहरूको लागत करोडौं पुग्ने भएपछि उनीहरूले लिन मानेका छैनन् ।

 

सडक निर्माण अन्तर्गत हाल २ हजार भन्दा बढी ठेक्का रहेकामा बजेट विनियोजन नहुनु, स्रोत सुनिश्चित हुन नसक्नु, ठूला आयोजनाको जिम्मेवारी प्रदेश सरकारले नलिनु लगायत कारणले ५७५ सडकको ठेक्का अन्योलमा परेको हो ।

 

उनले ठेक्काहरूमा करौडौं लगानी आवश्यक पर्ने र स्रोत सुनिश्चित नभएपछि ठेक्का बुझिलिन नमानेका हुन् । ‘करोडौंको ठेक्का छन्, ठूलो लगानी ठेक्का प्रदेशले लिन चाहँदैन, लिए पनि स्रोत जुटाउन सकिदैन, यस विषयमा नीतिगत रूपमै निर्णय हुनु पर्छ, अहिले छलफलको क्रममा रहेको छ,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

उनले अढाई अर्ब बढी लगानीका ठेक्काहरू अन्योलमा रहेको बताए । यस आयोजनाहरूमा हालसम्म कुनै काम हुन सकेको छैन । ‘पेन्डिङ’मा रहेका मध्ये कतिपय ठेक्का हस्तान्तरणको अवस्थामा रहेको उनले बताए ।

 

सडक विभाग समेत नीतिगत निर्णयको पर्खाइमा रहेको उनले बताए । उनले नीतिगत निर्णय बिना ठेक्का अघि बढाउन नसकिने भएकाले सरकारी नीतिगत निर्णयकै पर्खाइमा रहेको बताए । बजेट र योजना सडक विभागमा नआउनाले सो ठेक्कामा विभागले केही गर्न नमिल्ने उनले बताए । ‘रोकिएका ठेक्काहरू मध्ये केही क्लेम गर्ने अवस्थामा रहेका छन् भने कुनै ठेक्का टर्मिनेट हुने क्रममा रहेको छ,’ सिंहले भने ।

 

यस्तै विगतमा ठेक्का भएर पनि लामो समय काम पूरा गर्न नसकेका ९०६ ठेक्का रहेको थियो । हालसम्म आइपुग्दा सो संखया घटेर ५०० पुगेको छ । ठेक्का पूरा गर्न ढिलाई गर्नेलाई कालोसूचीमा राख्न थालेसँगै सो संखया घट्न थालेको हो ।

हाल १ हजार ४२५ ठेक्का अन्तर्गत काम भइरहेको छ । चालू आर्थिक वर्षको चौमासिकमा सडक विभाग अन्तर्गत ७५ किलोमिटर सडक कालोपत्र भएको छ । चालू आर्थिक वर्षभित्र १ हजार ३०० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

 

चालू आर्थिक वर्षको चौमासिकमा कुल बजेटको ११.१७ प्रतिशत खर्च भएको छ । गत वर्ष कोरोनाका कारण कामले गति लिन नसकेपनि चालू आवमा भने सहज वातावरण भएसँगै सडक निर्माणले गति दिएको उनले बताए ।

 

गत आवमा सडक विभाग अन्तर्गत कुल १ हजार ८१ किलोमिटर सडकमा कालोपत्रे गरिएको थियो । ती मध्ये ७२९ किलोमिटर सडकमा नयाँ कालोपत्र भएको थियो । ३५२ किलोमिटर पुनः निर्माण तथा पुनस्र्थापनाका क्रममा कालोपत्र भएका थिए ।

 

गत आवमा ३६५ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको थियो । ७५७ किलोमिटर सडक खण्डमा स्तरोन्नति सम्पन्न गरिएको थियो । गत आर्थिक वर्षमा कुल बजेटको ५४.६६ प्रतिशत वित्तीय प्रगति भएको थियो ।

झापामा नेपालकै अग्लो भ्यूटावर धमाधम बन्दै, जग्गाको भाउ तेब्बरसम्म बढ्यो Read Previous

झापामा नेपालकै अग्लो भ्यूटावर धमाधम बन्दै, जग्गाको भाउ तेब्बरसम्म बढ्यो

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण Read Next

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण