सानिमा बैंकले शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणाली मार्फत शुरू गरेको छ । कर्पोरेट पे सोलुसन नेपाल क्लियरिङ हाउसद्धारा प्रवर्धित बैंकिङ कारेबार गर्ने विद्युतीय माध्यम हो ।

 

बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बंैक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस वा एनसीएचए आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

 

कर्पोरेट पेमा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा ‘मल्टी लेयर अथेन्टीकेशन’ को सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् ।

 

डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्घन गर्दै आएको सानिमा बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रूपमा समेत लिएको छ ।

 

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण Read Previous

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण

खाद्य ऐन उल्लङ्घन गर्ने पहिलो नम्बरमा पानी उद्योग, कारबाही फितलो Read Next

खाद्य ऐन उल्लङ्घन गर्ने पहिलो नम्बरमा पानी उद्योग, कारबाही फितलो