माउन्टेन फ्लाइटमा एयरलायन्स कम्पनीको अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा

काठमाडौं । करिब ८ महिनापछि माउन्टेन फ्लाइट खुला हुने भएको छ । चैत यता बन्द रहेको माउन्टेन फ्लाइट आगामी शनिबार (मंसिर २० गते) देखि सञ्चालन आउने भएको हो ।

 

देशभर पर्यटकीय गतिविधि सञ्चालन हुन थालेसँगै निजी क्षेत्रका दुई कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन फ्लाइटको उडानको मिति तय गरेका हुन् ।

 

हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने बुद्ध एयरले जनाएको छ । बुद्धले मंसिर २० गतेदेखि माउन्टेन फ्लाइट हुने जनाएको छ । बुद्ध एयरकाठमाडौंबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकर लगायत हिमश्रृङ्खलाको अवलोकन गर्न माउन्टेन फ्लाइट हुनेछ ।

 

बुद्ध एयरले एक माउण्टेन फ्लाइट टिकटको भाडा ८ हजार ९०० रुपैयाँ तोकेको छ । साथै एउटा टिकटा किन्दा अर्को टिकट सित्तैमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर नेपाली नागरिकको हकमा मात्र लागू हुने जनाइएको छ ।

 

यस्तै, यती एयरले पनि २० मंसिरदेखि नै हरेक शनिबार माउण्टेन फ्लाइट शुरु हुने जनाएको छ । यतिले पनि एउटा टिकट किन्दा अर्को सित्तैमा दिने अफर ल्याएको छ ।

पुल निर्माणले गति लिँदै, ४ महिनामै बने ३ दर्जन पक्की पुल Read Previous

पुल निर्माणले गति लिँदै, ४ महिनामै बने ३ दर्जन पक्की पुल

बैंकिङ क्षेत्रले लिड गर्दा सेयर बजारले बनायो रेकर्डै रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

बैंकिङ क्षेत्रले लिड गर्दा सेयर बजारले बनायो रेकर्डै रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाल