पुल निर्माणले गति लिँदै, ४ महिनामै बने ३ दर्जन पक्की पुल

काठमाडौं । चालू आर्थिक वर्षमा सडक पुल निर्माणले गति लिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामै करिब ३ दर्जन पुल निर्माण सम्पन्न भएक छन् ।

 

सडक विभागका अनुसार कात्तिक मसान्तसम्ममा देशभरका विभिन्न खोला तथा नदीमा ३५ वटा पक्की पुल निर्माण सम्पन्न भएको छ । विभागका सूचना अधिकारी रमेश कुमार सिंहले चालू आवमा करिब ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३५ वटा पुल निर्माण सम्पन्न भएको सडक बताए ।

 

‘यो चौमासिकमा ३५ वटाका हाराहारीमा पुल निर्माण सम्पन्न भएका छन्, एकीन तथ्यांक आइनसकेकाले त्यसमा केही थप/.घट भने हुन सक्छ,’ सिंहले चाणक्य पोष्टसँग भने ।

 

विगतका वर्षदेखि नै ठेक्का लागेको पुलहरु निर्माण सम्पन्न भएको उनले बताए । निर्माण सम्पन्न भएका पुलहरुमा केही ठेक्का अवधि थप गरिएका समेत रहेको छन् ।

 

पछिल्लो समय अपवाद बाहेक ठेक्का अवधि थपिएका पुल निर्माण तीव्र गतिमा अघि बढेका छन् भने नयाँ ठेक्का लागेका पुलहरुको पनि निर्माण अघि बढेको छ । चालू आवको अन्त्यसम्ममा लक्ष अनुसार नै पुल निर्माण सम्पन्न हुने उनको विश्वास छ ।

 

गत आर्थिक वर्षमा ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो मध्ये करिब ६० प्रतिशत मात्र पुल निर्माण सम्पन्न भएको थियो । गत आवको तेस्रो चौमासिकसम्ममा कुल २१० वटा पुल निर्माण सम्पन्न भएको थियो । गत आवका लागि सरकारले पुल निर्माणमा २ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल २४३ सडक पुल निर्माण सम्पन्न भएको थियो । सो प्रगतिलाई मध्यनज गर्दै गत आर्थिक वर्षदेसख ३ सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । जुन लक्ष्य पूरा हुन सकेन ।

 

विशेष गरी कोभिड १९ का कारण पुल निर्माण लक्ष्य अनुरुप हुन नसकेको सूचना अधिकारी सिंह बताउँछन् । सरकारले २ वर्षभित्र तुइन, फड्के र अस्थायी साँघु जस्ता पुल विस्थापन गर्ने निर्णय गरेको थियो ।

 

विगतका समयमा सरकारले वार्षिक १०० का हाराहारीमा पुल निर्माण हुने गरेको थियो । २०७५/७६ देखि पुल निर्माणले गति लिन थालेको हो । गत आवमा कोभिडका कारण पुल निर्माण लक्ष्य अनुरुप हुन सकेको थिएन । विषेश गरी विभिन्न ठूला आयोजना अन्तर्गतका पुलहरु तीव्र गतिमा निर्माण भइरहेका हुन् ।

 

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अधिकांश बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Previous

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अधिकांश बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट

माउन्टेन फ्लाइटमा एयरलायन्स कम्पनीको अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा Read Next

माउन्टेन फ्लाइटमा एयरलायन्स कम्पनीको अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा