बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अधिकांश बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आज लगानीकर्ताहरु वाणिज्य बैंक र विकास बैंकको सेयरमा झुम्मिएका छन् ।  सेयर बजारको झन्डै दुईतिहाई हिस्सा ओगटे पनि लामो समयदेखि भाउ बढ्न नसकको बैंकहरुको सेयर मूल्यमा आज भने उछाल आएको हो।

 

आज कारोबारमा आएका अधिकांश बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु, नेपाल बंगलादेश, एनसीसी, सनराइज, कुमारी लगायत १ दर्जन बैंकको सेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।

 

सेयर मूल्यमा सर्किट लागेपछि करोडौं कित्ता सेयर भए पनि केही बैंकको सेयर विक्रीमा समेत छैन । आगामी दिनमा अझै भाउ बढ्ने आशामा लगानीकर्ताले सेयर विक्रीमा नराखेको आँकलन गरिएको छ ।

 

यसअघि नेप्सेले एतिहासिक रेकर्ड बनाउँदा समेत बैंकहरुको सेयर मूल्य बढ्न सकेको थिएन । बैंकिङ क्षेत्रले बजार लिड गर्ने संकेत देखाए पछि लगानीकर्ता थप उत्साहित भएका छन् ।

 

लगानीकर्ताहरु एक क्षेत्रमा नाफा बुक गरेसँगै अर्को क्षेत्रका कम्पनीमा आकर्षित हुने गर्छन् । यसअघि बीमा, माइक्रोफाइनान्स, जलविद्युत् लगायत क्षेत्रमा प्रफिट बुक गरेका लगानीकर्ता आज बैंकिङ क्षेत्रमा सिफ्ट हुँदा बैंकहरुको सेयर मूल्य बढेको लगानीकर्ताहरु बताउँछन् ।

९ मेगावाटको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने Read Previous

९ मेगावाटको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

पुल निर्माणले गति लिँदै, ४ महिनामै बने ३ दर्जन पक्की पुल Read Next

पुल निर्माणले गति लिँदै, ४ महिनामै बने ३ दर्जन पक्की पुल