महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।शनिबार सम्पन्न निर्वाचनमा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् ।

 

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे भने ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत रप्रधानले ५३ मत प्राप्त गरे ।

 

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे । । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ ।

 

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।

 

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् । उनीहरु दुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।

 

वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाएका थिए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।

 

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे ।

 

एशोसिएटमा १९ जना कार्यकारिणी सदस्य रहनेछन जसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् ।

 

एशोसिएटमा अम्बिकाप्रसाद पौडेल, अबिनास बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्स्ना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रन्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, साहिल अग्रवाल, सैलेन्द्र गुरागाई, शुसील थापा, हेमन्त गोल्छा, मंगेशलाल श्रेष्ठ र बिराट थापाको भने बराबर आएको छ ।उनीहरूको गोलाप्रथाबाट निर्णय लिइने निर्वाचन समितिले जनाएको छ ।

 

वस्तुगततर्फको केन्द्रीय सदस्यमा १४ जना रहनेछन्। जसमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वस्तुगततर्फ प्रकाशमान सिंह कार्की, सुमित केडिया, अरनिको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, सकुनतला हिराचन, सुवोध गुप्ता, सन्दीप कुमार अग्रवाल निर्वाचित भए ।

 

जिल्ला नगर सदस्यतर्फ कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भए ।

 

निर्वाचित हुनेमा राजन श्रेष्ठ,  तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ , गजेन्द्र कुमार भगत, चक्र बहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य  छन् ।

 

यस्तै, कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य, र अमृत भट्टचन पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

चक्रपथमा गुडाउने मोनो रेलको डीपीआर नै अन्योलमा, कहिले शुरू होला काम ? Read Previous

चक्रपथमा गुडाउने मोनो रेलको डीपीआर नै अन्योलमा, कहिले शुरू होला काम ?

युनाइटेड इदी-मार्दीको आइपीओ आज बाँडफाँट हुँदै, कति जनाले पाउँछन् सेयर Read Next

युनाइटेड इदी-मार्दीको आइपीओ आज बाँडफाँट हुँदै, कति जनाले पाउँछन् सेयर