युनाइटेड इदी-मार्दीको आइपीओ आज बाँडफाँट हुँदै, कति जनाले पाउँछन् सेयर

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ।

 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो ४ बजे बाँडफाँट हुने भएको हो ।

 

कम्पनीले मंसिर ३ गतेदेखि ८ करोड ७३ लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओमा निष्काशन गरेको थियो ।

 

निष्काशित हुने कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयरमध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी ८ लाख १२ हजार ७३६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका छन् ।

 

कम्पनीको आइपीओमा ५ लाख ५७ हजार ८२९ जनाले आवेदन दिएका छन् । धितोपत्र नियमावली अनुसार सबै आवेदकलाई समानुपातिक न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार सबै आवेदकलाई सेयर बाँड्न नपुग्ने भएकाले भाग्यमानी ८१ हजार २७३ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने छन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई ४ लाख २० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति पत्र ३० वर्ष बाँकी रहेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित Read Previous

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

प्राइम लाइफको लाभांश घोषणा, बोनस र नगद कति Read Next

प्राइम लाइफको लाभांश घोषणा, बोनस र नगद कति