काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७४/७५को भन्दा २.५० प्रतिशत बढी हो । इन्स्योरेन्सले उक्त आवमा १२.५० प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।
इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।