पाँचतारे  होटल मेरिएटद्धारा ‘एडमामे’ रेष्टुरेन्ट सञ्चालन, एशियन खानाका परिकार पाइने

काठमाडौं । काठमाडौं पाँचतारे होटल मेरिएटले एशियन विशेषता भएको रेष्टुरेन्ट ‘एडमामे’ सञ्चालनमा ल्याएको छ । मेरियटले होटल परिसर भित्रै आइतबार देखि रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

 

एडमामे एक आरमदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट हो । जहाँ जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पाइन्छ । यसमा विशेष गरी याकिटोरी ग्रिल, लाइभ सुशी बार, डिम सम स्टेशन तथा ककटेल सर्भ गर्ने बारसमेत रहेको छ ।

 

 

एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियन कलाले ग्राहकलाई एशियन देशहरुमा भएको महशुस गराउँछ । यी डिजाइनले प्राचिन विश्वको केहि रहस्यमय घटनाहरुको संज्ञा गराउँदछ ।

 

 

एडमामेका एक्जुकेटिभ सेफ सञ्जीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादिष्ट बनाउन उच्च गुणस्तरीय सामग्री प्रयोग गर्ने बताए । परिकारलाई शुद्ध र स्वादिष्ट बनाउन दक्ष क्युलेनरी सीपको उपयोग गरिएको उनीहरुले बताए ।

 

 

उद्घाटन समारोहमा बोल्दै होटलका जनरल म्यानेजर जिन लुईस रिपोचेले भने, “एडमामेमा हामी सिग्नेचर खाना भन्दा फरक क्युसाइन पेश गर्दछौं जुसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रदान गर्दछ  । हामीले आशा गरेका छौं कि सम्पूर्ण अतिथिहरुले यहाँ अद्भूत एशियन खानाको अनुभव लिन सक्नुहुनेछ ।”

 

राष्ट्रिय पूँजीको विकास, बढ्दो आयात र अर्थमन्त्रीका चुनौती Read Previous

राष्ट्रिय पूँजीको विकास, बढ्दो आयात र अर्थमन्त्रीका चुनौती

अब सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने Read Next

अब सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने